कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बाजपेयीको अन्त्येष्टि समारोहमा परराष्ट्रमन्त्री ज्ञवाली

मन्त्री ज्ञवालीद्वारा समकक्षी स्वराजसँग भेटवार्ता

नयाँदिल्ली — परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी बाजपेयीप्रति अन्त्येष्टिस्थलमै पुगेर अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका छन् । बिहीबार साँझ ५ बजेर ५ मिनेटजाँदा ९३ वर्षको उमेरमा निधन भएका बाजपेयीको राष्ट्रिय स्मृतिस्थलमा दाहसंस्कार गरिएको छ । 

बाजपेयीको अन्त्येष्टि समारोहमा परराष्ट्रमन्त्री ज्ञवाली

गत ११ जुनमा मिर्गौला, छाती र पिसाबसम्बन्धी समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । बाजपेयीले पहिलो पटक सन् १९७७ मा परराष्ट्रमन्त्रीका रुपमा र दोस्रो पटक सन् २००२ मा ११ औं सार्क सम्मेलनका अवसरमा प्रधानमन्त्रीका रुपमा नेपालको औपचारिक भ्रमण गरेका थिए ।


बाजपेयीप्रति श्रद्धान्जली व्यक्त गर्न जानुअघि मन्त्री प्रदीप ज्ञवाली र भारतीय समकक्षी सुष्मा स्वराजबीच विदेश मन्त्रालयमा संक्षित शिष्टाचार भेटवार्ता भएको थियो । भेटमा मन्त्री ज्ञवालीले नेपाल सरकार र नेपाली जनताका तर्फबाट पूर्व प्रधानमन्त्री तथा वरिष्ठ नेता बाजपेयीको निधनप्रति हार्दिक समवेदना प्रकट गरेको नयाँदिल्लीस्थित नेपाली दूताबासले जनाएको छ ।


त्यसैगरी उक्त भेटमा मन्त्री ज्ञवालीले प्रधानमन्त्री केपी ओलीले पठाएको समवेदना सन्देश पनि मन्त्री स्वराजलाई हस्तान्तरण गरेको जानकारी दिइएको छ । बाजपेयीप्रति श्रद्धान्जली व्यक्त गर्न आजै बिहान दिल्ली आएका मन्त्री ज्ञवाली भोली मध्याह्न स्वदेश फर्कने कार्यक्रम छ ।


प्रकाशित : भाद्र १, २०७५ १७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?