१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

समिति सभापतिको चुनाव भदौ १७ मा

काठमाडौँ — प्रतिनिधिसभा मातहतका संसदीय समितिको सभापति चयन गर्ने चुनाव १२ दिनपछि सारिएको छ । सभामुख कृष्णबहादुर महराले शुक्रबारको बैठकमा सभापतिको निर्वाचन भदौ १७ गते हुने जानकारी गराएका हुन् । यसअघि मंगलबारलाई निर्वाचन मिति तोकिएको थियो ।

समिति सभापतिको चुनाव भदौ १७ मा

महराले विशेष कारणले समितिका सभापतिको निर्वाचन कार्यतालिका सारिएको बताए ।


नेकपाका मुख्य सचेतक देव गुरुङले नेताहरूबीच आन्तरिक छलफल हुन बाँकी भएको र कांग्रेस सभापति शेरबहादुर देउवा पनि मुलुक बाहिर रहेकाले समितिको सभापति चयन गर्ने चुनाव पछि सारिएको बताए । कांग्रेसले सहमतिमा सभापति चयन गर्न सभापतिको चुनाव पछि सार्न माग गर्दै आएको थियो ।



प्रकाशित : भाद्र १, २०७५ २०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?