१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

प्रधानमन्त्री जनकपुरमा, राजपा सांसदद्वारा विराेध

सम्बाेधनमा अवरोध पुर्‍याउने आशंकमा राजपा सांसदसँग छलफल 
सन्तोष सिंह

जनकपुर — प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश २ को प्रदेश सभालाई गर्ने सम्बोधनको विषयलाई लिएर प्रदेश २ का राजपा सांसद उपेन्द्र महतोले सामाजिक सञ्जालमा दिएको अभिव्यक्तिमाथि छलफल गरिएको छ ।जनकपुरमा शनिबार हुने प्रधानमन्त्रीको सम्बोधनबारे महतोले विवादस्पद अभिव्यक्ति दिएपछि सभामुख कक्षमा यस विषयमा छलफल भएको हो । 

प्रधानमन्त्री जनकपुरमा, राजपा सांसदद्वारा विराेध

शनिबार बिहान प्रधानमनत्री पुगे लगत्तै सांसद महतोलाई संसद सचिवालयका अधिकारीले सभामुखको कक्षमा बोलाएर छलफलका लागि बोलाएका थिए ।

महतोले सामाजिक सञ्जालमा महतोले ओलीको जनकपुर आगमन मधेस विरोधी भन्दै खुल्ला पत्र लेखेका थिए ।

राजपाका २ सांसदले ओलीलाई सम्बोधन गर्न दिन नहुने भन्दै सामाजिक सञ्जालमा लेखेका थिए ।

प्रदेश २ का उद्योग तथा पर्यटन राज्यमन्त्री राजपा सांसद सुरेश मण्डलले पनि प्रधामन्त्रीको जनकपुर भ्रमण मधेस आन्दोलनको विपरित भएको भन्दै सामाजिक सञ्जालमा विरोध जनाएका छन् । राज्यमन्त्री मण्डल सभामा पनि उपस्थित छैनन् । सांसद महतो भने प्रधानमन्त्री उपस्थित सभामै छन् ।

नेपाल कम्युनिष्ट पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल पनि प्रधानमन्त्रीसँगै जनकपुर पुगेका छन् । प्रहरीले ओलीको विरोधमा कालो झण्डा देखाइरहेका केहीलाई पक्राउ गरेको छ ।


प्रकाशित : भाद्र २, २०७५ ११:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?