संविधान गतिशील दस्तावेज हो, आवश्यकता अनुसार संशोधन हुँदै जान्छः प्रधानमन्त्री

सन्तोष सिंह

जनकपुर — प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान आवश्यकता अनुसार संशोधन हुँदै जाने बताएका छन् । शनिबार प्रदेश २ को प्रदेश सभालाई सम्बोधन गर्दै उनले टर्चमा व्याट्री सक्किएपछि फेरिए जस्तै संविधान पनि आवश्यकता अनुसार फेरिँदै जाने बताएका हुन् । 

संविधान गतिशील दस्तावेज हो, आवश्यकता अनुसार संशोधन हुँदै जान्छः प्रधानमन्त्री

उनले कसैको बहकाउमा आएर संविधान संशोधन नहुने स्पष्ट पारे । उनले संविधान गतिशील दस्तावेज भएको बताए । उनले भने, 'हामी कसैको बहकाउमा लाग्नु हुँदैन । संविधान आवश्यकता अनुसार संशोधन हुँदै जान्छ ।' उनले विभेदकारी मानसिकताबाट उठेर विभेदमुक्त हुनुपर्ने बताए ।



यसैगरी सम्बोधनको क्रममा प्रधानमन्त्री ‌ओलीले प्रदेशका युवा विदेश जान नपर्ने आश्वासन दिएका छन् । सरकार आकर्षक रोजगारीको अवसर ल्याउने तयारीमा रहेको बताए । उनले भने, 'अब ठगिएर वा चोरीबाट युवा विदेशिनु पर्दैन ।'

यसैगरी उनले सम्बोधनका क्रममा चर्चित सुन काण्ड पनि बोलका छन् । उनले सुन तस्कारी र यातायातमा भएको सिन्डिकेट हटाएरै छाड्ने बताए ।


१ घण्टा भन्दा बढी समय सम्बोधन गरेका प्रधानमन्त्री ओलीले करिव दुई वर्षअघि तराइमा भएको हिंसात्मक घटनामा आफू र तत्कालको आफ्नो पार्टी एमालेको कुनै संलग्नता नरहेको स्पष्ट पारे । तर तराईमा आफू र आफ्नो पार्टीको बद्नाम गरिएको बताए । उनले भने, 'जनु घटनामा मेरो र त्यो बेला मेरो पार्टी एमालेको संलग्नता नै थिएन। हामीबारे नकारात्मक टिप्पणी गरेर घृणा फैलाइयो ।'

प्रकाशित : भाद्र २, २०७५ १३:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?