१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

नेकपाका प्रवक्ता विश्वकर्मालाई ३ दिन थुनामा राख्न अनुमति 

काभ्रे — जिल्ला अदालत काभ्रेले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई  ३ दिन थुनामा राख्न अनुमति दिएको छ । 

नेकपाका प्रवक्ता विश्वकर्मालाई ३ दिन थुनामा राख्न अनुमति 

नमोबुद्ध–६ मा रहेको क्रसर उद्योग आगजनीमा संलग्न भएको आशंकामा अनुसन्धानका लागि उनलाई शुक्रबार जिल्ला प्रहरी कार्यलय काभ्रे ल्याइएको थियो ।


सोही घटनामा संलग्न भएको आशंकामा प्रहरीले यसअघि नेकपाका पोलिट्ब्यूरो सदस्य कृष्ण गम्भीर र मोहन कार्कीलाई पक्राउ गरी म्याद थपिरहेको छ ।


पूर्वमन्त्री विश्वकर्मा यसअघि जबरजस्ती चन्दा असुलीमा पक्राउ परेका थिए । सर्वोच्च अदालतले छाड्ने आदेश दिएलगत्तै उनलाई पक्राउ गरी काभ्रे ल्याइएको थियो । धमला र कार्की २३ दिनदेखि प्रहरी हिरासतमा छन् ।

प्रकाशित : भाद्र ३, २०७५ १६:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?