कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उपप्रधानमन्त्रीद्वारा दूतावास पुगेर वाजपेयीप्रति श्रद्धाञ्जलि

काठमाडौँ — उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल सरकारको तर्फबाट भारतका पूर्वप्रधानमन्त्री अटलविहारी वाजपेयीको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । 

उपप्रधानमन्त्रीद्वारा दूतावास पुगेर वाजपेयीप्रति श्रद्धाञ्जलि

लैनचौरस्थित दूतावासमा आइतबारदेखि राखेको शोक पुस्तिकामा नेपाल सरकारको तर्फबाट समवेदना सन्देश व्यक्त तथा स्वर्गीय वाजपेयीको तस्बिरमा माल्यार्पण गर्दै श्रद्धाञ्जलि व्यक्त गरेका हुन् । रक्षामन्त्री पोखरेललाई भारतीय राजदूत मन्जिव सिंहले स्वागत गरेका थिए । निष्ठावान‍् राजनीतिज्ञको परिचय बनाएका ९३ वर्षीय वाजपेयीको बिहीबार निधन भएको थियो । दुतावासमा राखिएको शोक पुस्तिकामा श्रद्धाञ्जलि व्यक्त गर्दै उपप्रधानमन्त्री पोखरेलले वाजपेयीलाई उच्च व्यक्तित्वका धनी, देशभक्त र सुदूर दृष्ट्रिकोण भएको नेताको रूपमा विश्व जगतले सम्झिरहने उल्लेख गरे ।


‘विश्वका जनताले उच्च व्यक्तित्वका धनि, वाक क्षमता, देशभक्ति र सुदूर दृष्टिकोण भएका नेताको रुपमा वाजपेयीका योगदानलाई चीरकालसम्म सम्झिरहनेछन्,’ आजैदेखि राखिएको शोक पुस्तिकामा उनले लेखे, ‘सन् २००२ मा नेपालमा भएको सार्क सम्मेलनका क्रममा नेपाल–भारतकाबीच विकसित भएको द्विपक्षीय सम्बन्धलाई नेपाली जनताले स्मरण गरिरहेका छन् ।’


उनले भावविह्वल भएको भारतीय सरकार र त्यहाँ जनतासँग नेपालको पूर्ण साथ रहेको शोक सन्देशमा उल्लेख गरे । सरकारले यसअघि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई बाजपेयीको अन्त्येष्टिमा सहभागी हुन दिल्ली पठाएको थियो ।

प्रकाशित : भाद्र ३, २०७५ १८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?