१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४
समाचार

News

डोटीको एउटा गाउँ, जहाँ पहिरो खस्दा स्थानीय खुशी हुन्छन्

हर रात सपनीमा ऐठन हुन्छ, सायद गाउँमा पहिरो गयो कि.... गायक दीप श्रेष्ठको यो गीतले धेरैको मन छुन्छ । गाउँबाहिर बसेकालाई आफ्नो गाउँघरमा आइपरेको बाढीपहिरोको विपत्तिले टाढैबाट पनि तर्साइरहन्छ । तर डोटीको आदर्श गाउँपालिका, गिरीचौकावासीका लागि यो अपवाद हो ।

डोटीको एउटा गाउँ, जहाँ पहिरो खस्दा स्थानीय खुशी हुन्छन्

९ घण्टापछि अपहरित बालकको उद्धार

कैलालीको कैलारी गाउँपालिका–६ आदर्श माध्यमिक विद्यालयबाट अपहरणमा परेका ५ वर्षीय बालक खेमन चौधरीलाई अपहरण भएको ९ घण्टापछि प्रहरीले दाङको भालुवाङबाट सकुशल उद्धार गरेको छ ।

९ घण्टापछि अपहरित बालकको उद्धार

कतारमा कार्यरत एक नेपालीको मृत्यु

चार वर्षदेखि कतारको सनैया–४५ स्थित सुस मार्बल कम्पनीमा कार्यरत बराहक्षेत्र नगरपालिका–२, सुनसरीका विज्ञान बस्नेतको शव सोमबार नेपाल ल्याइएको छ। 

कतारमा कार्यरत एक नेपालीको मृत्यु

युवती हत्या प्रकरणः निर्मलाको हत्या कर्तव्य ज्यानमा सजाय भुक्तान गरेका कैदीबाट

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले कञ्चनपुर भीमदत्त नगरपालिका-२ की निर्मला पन्तको बलात्कार पछि हत्या ४१ वर्षीय दीलिप सिंह विष्टले गरेको निष्कर्ष निकालेको छ । गत साउन १० गते घरबाट निस्केर साथीको घर पढ्न गएकी निर्मला साइकलमा फर्किँदा बाटोमा चेन बिग्रेको र चेन बनाइदिने निहुँमा दीलिपले बलात्कार गरेको ब्युरोको निष्कर्ष छ ।

युवती हत्या प्रकरणः निर्मलाको हत्या कर्तव्य ज्यानमा सजाय भुक्तान गरेका कैदीबाट

अधिकारी हत्या प्रकरणः नूरप्रसाद अदालत आएनन्

गोरखा फुजेलका कृष्ण अधिकारी हत्या प्रकरणमा जाहेरवालाको बयान लिन सोमबार चितवन जिल्ला अदालतमा आउनु पर्ने भएपनि नूरप्रसाद अधिकारी हाजिर भएनन् ।

अधिकारी हत्या प्रकरणः नूरप्रसाद अदालत आएनन्

संसद बैठकः बिम्स्टेक महासन्धि अनुमोदित

प्रतिनिधिसभाको सोमबारको बैठकले गृहमन्त्री रामबहादुर थापाद्वारा प्रस्तुत ‘अन्तर्राष्ट्रिय आतंकवाद, अन्तरदेशीय सङ्गठित अपराध र अवैध लागुऔषध कारोवारविरुद्ध सहयोगसम्बन्धी बिम्स्टेक महासन्धिलाई अनुमोदन गरियोस्’ भन्ने प्रस्ताव बहुमतले अनुमोदन गरेको छ । 

संसद बैठकः बिम्स्टेक महासन्धि अनुमोदित

सामाजिक सञ्जालमा हुने विज्ञापनलाई करको दायरामा ल्याउन विकास समितिको निर्देशन

सामाजिक सञ्जालमा हुने विज्ञापनलाई नियमन गरी करको दायरामा ल्याउन संसदको विकास तथा प्रविधि समितिले सूचना तथा सञ्चार प्रविधि र अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ ।

सामाजिक सञ्जालमा हुने विज्ञापनलाई करको दायरामा ल्याउन विकास समितिको निर्देशन

काठमाडौंमा भूमिगत रेलसेवा सञ्चालनबारे बेलायती विश्वविद्यालयमा अनुसन्धान

काठमाडौंको अव्यवस्थित यातायात, ट्राफिक जाम, धूलो र धुवाँको दीर्घकालीन समाधान हुनसक्ने ठानिएको प्रस्तावित भूमिगत रेलसेवाबारे बेलायतीको एक विश्वविद्यालयका विद्यार्थीहरुले अनुसन्धान गरिरहेका छन् ।

काठमाडौंमा भूमिगत रेलसेवा सञ्चालनबारे बेलायती विश्वविद्यालयमा अनुसन्धान

नेपाल र चीनबीचको ऊर्जा समझदारी कार्यान्वयन शुरु

सरकारले मित्रराष्ट्र चीनसँग भएको ऊर्जा आदानप्रदान तथा द्विपक्षीय सम्झौता कार्यान्वयन प्रक्रिया शुरु गरेको छ । सम्झौता अनुसार ऊर्जामन्त्री वर्षमान पुनले आइतवार द्वीपक्षीय समितिमा नेपालको तर्फबाट रहने सहअध्यक्ष एवं सदस्यको टुङ्गो लगाएका छन् । 

नेपाल र चीनबीचको ऊर्जा समझदारी कार्यान्वयन शुरु

कालीमाटी बजार अनुगमनमा अवराेध गर्ने २ व्यवसायी पक्राउ

कालीमाटी तरकारी बजार अनुगमनमा अवरोध गरेको भन्दै प्रहरीले दुई जना व्यवसायीलाई पक्राउ गरेकाे छ ।

कालीमाटी बजार अनुगमनमा अवराेध गर्ने २ व्यवसायी पक्राउ

पूर्व राजदूत केशवराज झाको छुरी प्रहार गरी हत्या

फ्रान्सका लागि नेपालका पूर्व राजदूत ८० वर्षीय केशवराज झाको काठमाडौंको थापाथली स्थित घर भित्रै छुरी प्रहार गरी हत्या भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी मोहन थापाका अनुसार उनलाई बिहान घर भित्र मृत अवस्थामा फेला पारिएको हो ।

पूर्व राजदूत केशवराज झाको छुरी प्रहार गरी हत्या

एकीकरण टुंग्याउँदै नेकपा

तीन महिनाअघि केन्द्रमा पार्टी एकता गरेको नेकपाले यसै साताभित्र तल्लो तहको एकीकरण टुंग्याउने भएको छ । त्यसका लागि दिनहुँजसो प्रदेश र जिल्लाको नेतृत्व मिलाउन कार्यदलका बैठक बसिरहेका छन् ।

एकीकरण टुंग्याउँदै नेकपा

कालीमाटी तरकारी बजार अनुगमनमा गएकाे टोली र व्यापारीबीच विवाद

कालीमाटी तरकारी बजार अनुगमन गर्न गएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र प्रहरीको टोली र व्यापारीहरुबीच विवाद भएको छ । विवाद धेरै बढेपछि व्यापारीहरुले अनुगमनमा गएको टोलीलाई केही बेर नियन्त्रणमा लिएर छोडेका छन् । 

कालीमाटी तरकारी बजार अनुगमनमा गएकाे टोली र व्यापारीबीच विवाद

‘प्रेस कुण्ठित गर्ने प्रावधान संशोधन हुनुपर्छ’

प्रमुख प्रतिपक्षी कांग्रेसले मुलुकी अपराध (संहिता) ऐन २०७४ का कतिपय प्रावधानले विचार अभिव्यक्ति तथा प्रेस स्वतन्त्रतालाई प्रभावित पारेको ठहर गर्दै तत्काल संशोधन गर्नुपर्ने धारणा अघि सारेको छ ।

‘प्रेस कुण्ठित गर्ने प्रावधान संशोधन हुनुपर्छ’

तोकिएको सुविधा पाउँदैनन् ज्येष्ठ नागरिक

ऐनमा ज्येष्ठ नागरिकलाई सार्वजनिक सवारीमा दुई सिट सुरक्षित राख्न र भाडामा कम्तीमा ५० प्रतिशत छुट दिन उल्लेख छ । उपचारमा ५० प्रतिशतसम्म छुट गर्नुपर्ने प्रावधान छ । तर, ज्येष्ठ नागरिक जताततै अपमान खेप्न बाध्य छन् ।

तोकिएको सुविधा पाउँदैनन् ज्येष्ठ नागरिक

गाउँ निर्माणको जिम्मा युवालाई

पलाता गाउँपालिकाले ‘विकास निर्माण कार्यदल’ गठन गरी युवालाई वर्षभरि रोजगारी दिन थालेको छ । ‘सके खाडी नसके काला पहाड’ भन्दै बिदेसिने युवालाई गाउँमै रोक्न कार्यदल गठन गरिएको हो ।

गाउँ निर्माणको जिम्मा युवालाई

नगरमा न्याय

शिवराज नगरपालिकाकी उपमेयर शिवकुमारी चौधरीको मुख्य जिम्मेवारीमा पर्छ न्यायिक समिति । समिति कसरी बन्छ, को को हुन्छन् ? उनलाई मुखाग्र छ । दफा उपदफा सबै केलाएर काम गर्छिन् ।

नगरमा न्याय

बिरामी बचाउन एयर लिफ्टकै भर

एक साताअघि हुम्लाको चंखेली–४, पालीकी २२ वर्षीया तारा बुढाथोकीलाई प्रसूति व्यथाले च्याप्यो । उनलाई हतारहतार गाउँ नजिकैको स्वास्थ्यचौकी पुर्‍याइयो । स्वास्थ्यकर्मीले बच्चा पेटभित्रै मरिसकेको र एक हात बाहिर निस्केको बताएपछि उनका आफन्तले सदरमुकाका विभिन्न निकायमा खबर गरे ।

बिरामी बचाउन एयर लिफ्टकै भर

कुखुरा आयातमा २ रुपैयाँ कर

बेंसीसहर नगरपालिकाले हाँस, कुखुरा र अन्य पन्छीको आयातमा २ रुपैयाँ कर लगाएको छ । नगरवासीलाई नभई बाहिरबाट बिक्री गर्न ल्याउनेलाई कर लगाएको हो ।

कुखुरा आयातमा २ रुपैयाँ कर

बिमस्टेक संरचना फेरिँदै

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) ले अन्तर्राष्ट्रिय आतंकवाद, अन्तरदेशीय संगठित अपराध र लागूऔषध कारोबारविरुद्ध लड्न सहकार्य बढाउने गरी बडापत्र (चार्टर) जारी गर्ने तयारी गरेको छ ।

बिमस्टेक संरचना फेरिँदै

भान्सासम्मै सिन्डिकेट : बिचौलियाले ५ पटकसम्म मूल्य थप्छन्

तरकारीमा समेत सिन्डिकेटका कारण धादिङ र मकवानपुरबाट प्रतिकिलो औसत १८ रुपैयाँमा काठमाडौं आउने काउलीलाई उपभोक्ता १३० रुपैयाँसम्म तिर्न बाध्य छन् । उत्पादक किसानबाट उपभोक्तासम्म आइपुग्दा करिब ५ तहमा मूल्य थपिने भएकाले उपभोक्ता चर्को मारमा परेका हुन् ।

भान्सासम्मै सिन्डिकेट : बिचौलियाले ५ पटकसम्म मूल्य थप्छन्