कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

पूर्व राजदूत केशवराज झाको छुरी प्रहार गरी हत्या

काठमाडौँ — फ्रान्सका लागि नेपालका पूर्व राजदूत ८० वर्षीय केशवराज झाको काठमाडौंको थापाथली स्थित घर भित्रै छुरी प्रहार गरी हत्या भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी मोहन थापाका अनुसार उनलाई बिहान घर भित्र मृत अवस्थामा फेला पारिएको हो ।

पूर्व राजदूत केशवराज झाको छुरी प्रहार गरी हत्या

डिएसपी थापाका अनुसार उनको टाउकोमा छुरी प्रहार भएको चोट देखिन्छ । उनको शवलाई पोष्टमार्टमका लागि टिचिङ अस्पताल लाने तयारी भइरहेको छ ।

सिंहदरबार वृतका प्रमुख डिएसपी काजीकुमार अाचार्यका अनुसार घटनाबारे बिहान साढे ६ बजे परिवारले थाहा पाए पछि प्रहरीलाई खबर गरेका थिए । झासँगै उक्त घरमा उनको श्रीमती तथा कामदार बस्ने गरेका थिए ।


थप अनुसन्धानका लागि घटनास्थलमा महानगरीय प्रहरी अपराध महाशाखाको टोली पनि पुगेको छ ।


पराष्ट्र मन्त्रालयमा शिष्टाचार महापाल रहेर काम गरेका झा फ्रान्सको राजदूत भएसँगै सहसचिव पदबाट सेवा निवृत्त भएका हुन् ।


उनी विश्व सम्बन्ध परिषदको अध्यक्ष समेत रहेर काम गरेका थिए ।




प्रकाशित : भाद्र ४, २०७५ १०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?