कालीमाटी बजार अनुगमनमा अवराेध गर्ने २ व्यवसायी पक्राउ

राजु चाैधरी, तस्बिर : इलिट जोशी

काठमाडौँ — कालीमाटी तरकारी बजार अनुगमनमा अवरोध गरेको भन्दै प्रहरीले दुई जना व्यवसायीलाई पक्राउ गरेकाे छ ।

कालीमाटी तरकारी तथा फलफूल व्यवसायी संघका अध्यक्ष भरत खतिवडा र अर्का व्यवसायी विमल ढुंगानालाई पक्राउ गरेको हाे।उनीहरुलाई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ।

Yamaha

विवाद बारे बुझन आपूर्ति मन्त्री मातृका यादव र प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको टोली कालीमाटी बजार गएका छन् ।

सोमबार बिहान कालीमाटीस्थित तरकारी बजार अनुगमनमा गएको अापूर्ति बिभागकाे टोलीलाई भित्र राखेर व्यापारीले अवराेध गरेका थिए। उक्त टाेलीलाई छुटाउन त्यहाँ प्रहरी परिचालन गरिएको थियो।

प्रकाशित : भाद्र ४, २०७५ ११:३४
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

१८ औं एसियाली खेलकुद : टिसाले सुधारिन्, गौरिकाको प्रदर्शन यथावत् 

ध्रुव तुलाधर

जकार्ता — नेपाली पौडीवाज टिसा शाक्यले महिला १ सय मिटर फ्रिस्टाइलको व्यक्तिगत प्रदर्शनमा सुधार गरेकी छन् । १८ औं एसियाली खेलकुदअन्तर्गत जीबीके स्टेडियमको एक्वाटिक सेन्टरमा सोमबार बिहान भएकाे प्रतिस्पर्धामा टिसाले १ मिनेट ०३.९६ सेकेन्डमा दूरी पार गरेकी थिइन् । 

हिट ४ मा प्रतिस्पर्धा गरेकी उनी पुछारमा रहिन्। उनले यसअघिको व्यक्तिगत प्रदर्शन भने १ मिनेट ०७.२५ सेकेन्डको प्रदर्शन थियो।

यस इभेन्टको राष्ट्रिय कीर्तिमान भने चर्चित खेलाडी गौरिका सिंहको नाममा छ। गौरिकाको नाममा १ मिनेट ००.७९ सेकेन्डको राष्ट्रिय कीर्तिमान छ। एसियाडमा उनले १ मिनेट ००.८२ सेकेन्डमा दूरी पारेकी छ।

१२ औं दक्षिण एसियाली खेलकुदमा एक रजत र तीन कांस्य पदक जितेकी गौरिकाले हिट २ मा प्रतिस्पर्धा गरेकी थिइन्। जहाा उनले मंगोलिया र माल्दिभ्सका खेलाडीलाई पछाडि पार्दै छैटौं स्थान ओगटिन्। २७ खेलाडी प्रतिस्पर्धा गर्दा गौरिकाले १८ औं र टिसा शाक्य २२ औं स्थानमा रहेका थिए।
रियो ओलम्पिकमा कान्छी खेलाडी बनेर विश्वको ध्यान केन्द्रित गरेकी गौरिकाले १२ औं सागमा २०० मिटर मिड्लेमा रजत, १०० मिटर ब्याकस्ट्रोक, २०० मिटर ब्याकस्ट्रोक र ४०० मिटर फ्रिस्टाइलमा कांस्य पदक जितेकी थिइन्।

तेक्वान्दोको एक जित
सोमबारै तेक्वान्दोको पुरुष ५८ केजीमुनि तौल समूहमा नेपालका सागर गुमाजुले भुटानका तेन्जिङ दोर्जेलाई ५४–४० अंकले पछाडि पार्दै अन्तिम १६ को राउन्ड सुरक्षित गरेका छन्। क्वाटरफाइनल पुग्नका लागि भियतनामी खेलाडीसाग खेल्नेछन्।

त्यस्तै महिलातर्फका दुवै खेलमा भने नेपाली खेलाडीले हार बेहोरेका छन्। ५३ केजी तौल समूहमा नेपाली निमा गुरुङ पराजित भएकी छन्। उनी लेवनानकी एओन लातितियासाग अंकका आधारमा २३–१० ले पराजित भएकी हुन्। संगीता बस्याल नेपाली ६७ केजीमुनि अन्तिम १६ मा फिलिपिनी खेलाडी अर्पोन डार्लेनीसाग २०–१७ अंकले हारिन्।

प्रकाशित : भाद्र ४, २०७५ १०:४८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT