कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

कालीमाटी बजार अनुगमनमा अवराेध गर्ने २ व्यवसायी पक्राउ

काठमाडौँ — कालीमाटी तरकारी बजार अनुगमनमा अवरोध गरेको भन्दै प्रहरीले दुई जना व्यवसायीलाई पक्राउ गरेकाे छ ।

कालीमाटी बजार अनुगमनमा अवराेध गर्ने २ व्यवसायी पक्राउ

कालीमाटी तरकारी तथा फलफूल व्यवसायी संघका अध्यक्ष भरत खतिवडा र अर्का व्यवसायी विमल ढुंगानालाई पक्राउ गरेको हाे । उनीहरुलाई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ ।


विवाद बारे बुझन आपूर्ति मन्त्री मातृका यादव र प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको टोली कालीमाटी बजार गएका छन् ।

सोमबार बिहान कालीमाटीस्थित तरकारी बजार अनुगमनमा गएको अापूर्ति बिभागकाे टोलीलाई भित्र राखेर व्यापारीले अवराेध गरेका थिए । उक्त टाेलीलाई छुटाउन त्यहाँ प्रहरी परिचालन गरिएको थियो ।

प्रकाशित : भाद्र ४, २०७५ ११:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?