कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

सामाजिक सञ्जालमा हुने विज्ञापनलाई करको दायरामा ल्याउन विकास समितिको निर्देशन

काठमाडौँ — सामाजिक सञ्जालमा हुने विज्ञापनलाई नियमन गरी करको दायरामा ल्याउन संसदको विकास तथा प्रविधि समितिले सूचना तथा सञ्चार प्रविधि र अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ ।

सामाजिक सञ्जालमा हुने विज्ञापनलाई करको दायरामा ल्याउन विकास समितिको निर्देशन

समितिको सोमबार बसेको बैठकले मन्त्रालयलाई यस्तो निर्देशन दिएको हो ।


फेसबुक, ट्वीटरलगायत सामाजिक सञ्जालमा विज्ञापन गरे बापत ठूलो रकम बाहिरिएको भन्दै समितिले मन्त्रालयलाई यस्ता विज्ञापनको नियमन गरी करको दायरामा ल्याउन निर्देशन दिएको छ ।


बैठकमा सहभागी सांसदहरुले सामाजिक सञ्जालमा हुने विज्ञापनबाट ठूलो रकम बाहिरिएको भन्दै यसलाई नियमन गर्नुपर्ने आवाज उठाएका थिए ।


समितिले सोमबार सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटा र मन्त्रालयका सचिव महेन्द्रमान गुरुङलाई बोलाएर मन्त्रालयले गरेको काम तथा भावी योजनाबारे छलफल गरेको थियो ।

प्रकाशित : भाद्र ४, २०७५ १५:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?