कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

अधिकारी हत्या प्रकरणः नूरप्रसाद अदालत आएनन्

रमेशकुमार पौडेल

चितवन — गोरखा फुजेलका कृष्ण अधिकारी हत्या प्रकरणमा जाहेरवालाको बयान लिन सोमबार चितवन जिल्ला अदालतमा आउनु पर्ने भएपनि नूरप्रसाद अधिकारी हाजिर भएनन् ।

अधिकारी हत्या प्रकरणः नूरप्रसाद अदालत आएनन्

हत्या प्रकरणमा जिवित जाहेरकर्ता नूरप्रसादलाई झिकाएर बयान लिन चितवन अदालतले साउन २० गते आदेश गरेको थियो ।


यसअघि फागुन १३ मा पनि नुरप्रसादलाई झिकाउन आदेश भएको थियो । आदेशको म्याद तामेल रितपूर्वक नभएको भन्दै फेरि अर्को आदेश भएको थियो ।


तत्कालिन माओवादीले सञ्चालन गरेको सशस्त्र संघर्षका बेलामा २०६१ साल जेठ २४ मा गोरखा फुजेलका अधिकारीको चितवन रत्ननगरमा हत्या भएको थियो । हत्याको जिम्मा तत्कालीन माओवादीले लिएको थियो ।


तर मृतकका बाबु नन्दप्रसाद र दाजु नूरप्रसादले उजुरी दिएपछि प्रहरीले अनुसन्धान गरेर १३ जना विरूद्ध २०७० सालको चैत्र मसान्तमा चितवन जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।


जुन मुद्दा लामो समयसम्म टुङ्गिएको छैन । मुद्दामा न्याय दिन भनेर मृतकका दाजु र आमाले अनशन सुरू गरेका थिए । अनशनकै क्रममा बाबु नन्दप्रसादको निधन भएको थियो ।

प्रकाशित : भाद्र ४, २०७५ १७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?