कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

चितवनमा पोल्ट्री सम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन हुने

विमल खतिवडा

काठमाडौँ — चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा कुखुरापालनको क्षेत्रमा अध्ययन, अनुसन्धान र विकासमा निरन्तर कार्य गरिरहेका वैज्ञानिकहरुको अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । 

चितवनमा पोल्ट्री सम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन हुने

तीन दिनसम्म चल्ने ‘अन्तर्राष्ट्रिय पोल्ट्री सिम्पोजियम २०१८’ मा नेपाल, भारत, जापान, अष्ट्रेलिया, जर्मनी, बंगलादेश लगायत १० देशका ५० भन्दा बढी वैज्ञानिकहरुले भाग लिने छन् ।

कृषि तथा वन विज्ञान विश्वविद्यालय अन्तर्गत पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकायको आयोजनामा सम्मेलन कार्तिक ११ देखि १३ गतेसम्म हुने छ ।


सम्मेलनमा कुखुरा उत्पादन सम्बन्धी नीतिगत ,सामाजिक आर्थिक अवस्था, पोषण व्यवस्थापन, स्वास्थ्य व्यवस्थापन कुखुराको अनुवांशिकी, प्रजनन व्यवस्थापन तथा जैविक प्रविधि लगायतका विधाहरुमा अनुसन्धानमूलक कार्यपत्रहरु प्रस्तुत हुने छन् ।


‘ कुखुरा उत्पादन र व्यवस्थापन, अध्ययन अनुसन्धान र विकास सम्बन्धी नेपालमा पहिलो पटक यो सम्मेलन आयोजना हुन लागेको हो,’ अन्तर्राष्ट्रिय पोल्ट्री सिम्पोजियम मूल आयोजक समितिकी अध्यक्ष प्राडा.शारदा थपलियाले भनिन,‘ पर्यटक आउने समयलाई मध्य नजर गरेर कार्तिकमा सम्मेलन गर्न लागेका हौँ ।’


उनका अनुसार यसअघि भैंसीबारे विज्ञहरुको उपस्थितीमा सम्मेलन गरिएको थियो । थपलियाले सम्मेलनले प्रत्यक्ष रुपमा व्यावसायिक कुखुरा पालक किसानलाई फाईदा पुग्ने बताईन ।


पशु सेवा विभागमा पत्रकार सम्मेलन गरेर सम्मेलनबारे जानकारी गराईएको हो । विभागका महानिर्देशक डा.विमलकुमार निर्मलका अनुसार पहिलो पटक हुन लागेको सम्मेलनबाट कुखुरा पालक कृषकले लाभ लिने छन् ।

प्रकाशित : भाद्र ५, २०७५ १४:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?