नयाँ ऐन प्रेस स्वतन्त्रताको मर्म विपरित : आइएफजे

कान्तिपुर संवाददाता

काठमाडौँ — अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आइएफजे)ले भदौ १ गतेबाट लागू भएको मुलुकी अपराध (संहिता) ऐेन २०७४ ले अभिव्यक्ति तथा प्रेस स्वतन्त्रतामाथि बन्देज लगाएको बताएको छ । मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै महासंघले नयाँ अपराध संहिताले गरेको व्यवस्था प्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । 

अपराध संहिताको गोपनियता र मानहानी सम्बन्धी व्यवस्थाको दफा २९३ देखि ३०८ ले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्दै अभिव्यक्ति स्वतन्त्रतालाई अपराधको रुपमा व्याख्या गरेको महासंघले ठहर गरेको छ। दफा २९३ ले बिना पूर्व इजाजत कसैको पनि कुराकानी सुन्न र रेकर्ड गर्न बन्देज लगाएको तथा २९५ ले बिना इजाजत फोटो खिच्न प्रतिबन्ध गरेको उल्लेख गर्दै उक्त व्यवस्थाले अनुसन्धनात्मक पत्रकारितलाई निरुत्साहित गर्न खोजिएको महासंघले बताएको छ।

Yamaha

'नयाँ ऐनले लगाएको विभिन्न प्रकारको बन्देज प्रति आइएफजेको गम्भीर ध्यानकर्षण भएको छ,' विज्ञप्तिमा भनिएको छ, 'उक्त व्यवस्थाहरु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अन्तर्राष्ट्रिय सिद्धान्त विपरित छ। हामी त्यसमा तत्काल संशोधनको माग गर्दछौँ। ती व्यवस्थाहरु पत्रकारलाई प्रताडीत गर्न तथा अभिव्यक्ति स्वतन्त्रतालाई निरुत्साहित गर्न दुरुपयोग हुन सक्ने सम्भावना रहन्छ।'


प्रकाशित : भाद्र ५, २०७५ १५:०७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

एनआरएनको युएईमा मध्यपुर्व सम्मेलन हुँदै   

कान्तिपुर संवाददाता

काठमाडौँ — मध्यपुर्व (खाडी) क्षेत्रमा कार्यरत नेपाली कामदारका सवालका बिषयमा छलफल गर्न गैरआवासीय नेपाली संघ (एनआरएन) को छैटौं क्षेत्रीय सम्मेलन बिहिवारदेखि संयुक्त अरव इमिरेट्स (युएई)को पर्यटकीय शहर दुवईमा हुदैछ । दुई दिनसम्म चल्ने यो सम्मेलनले घोषणापत्र जारी गर्नेछ । 

भदौ ८ र ९ गते हुने कार्यक्रममा सहभागी हुन कतार, साउदी अरव, कुवेत, बहराइन, ओमन र लेवनान लगायत १२ देशबाट प्रतिनिधि आउने युएईका अध्यक्ष रमेश श्रेष्टले वताए । सम्मेलनलाई उद्घाटन गर्न सरकारको तर्फवाट खानेपानी मन्त्री विना मगर युएई जाँदैछन् ।

कार्यक्रममा युएईका लागि कार्यबाहक राजदूत सागरप्रसाद फुयाँल, एनआरएनका पूर्व अध्यक्ष डा. उपेन्द्र महतो, अध्यक्ष भवन भट्ट र एनआरएन आइसीसीका पदाधिकारीको उपस्थिती हुने आयोजकले जनाएको छ ।

सम्मेलनको सम्पुर्ण तयारी पुरा भइसकेको अध्यक्ष श्रेष्ठले वताए ।

मध्यपुर्व संयोजक आरके शर्माले खाडी क्षेत्रमा कार्यरत नेपालीको सवाल निकै महत्व रहेकोले सम्मेलनमा महत्वपुर्ण बिषयहरुमा छलफल हुने वताए ।

प्रकाशित : भाद्र ५, २०७५ १५:०६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT