२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

संहिता सच्याउन जनजाति महासंघको माग

काठमाडौँ — नेपाल आदिवासी जनजाति महासंघले भदौ १ गतेबाट लागू भएका अपराध र देवानी संहिता एकल जातिवादी र नश्लवादी भएको भन्दै सच्याउन माग गरेको छ ।

संहिता सच्याउन जनजाति महासंघको माग

महासंघले गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेको हो । महासंघले राष्ट्रिय जनावरबाट गाईलाई हटाउनुपर्नेलगायत माग राखेर नाङ्गो प्रदर्शन गर्दा पक्राउ परेका बिकेन लिम्बुलाई रिहा गर्न आग्रह गरेको छ ।

साथै महासंघले गोबधको झूटो आरोपमा पक्राउ गरिएकालाई रिहा गर्न गृहमन्त्रीसमक्ष माग गरेको छ ।


‘लोकतन्त्र र धर्मनिरपेक्षताको मूल्यमान्यता र प्रचलित सिद्धान्तबमोजिम मानव अधिकारको रक्षा गर्दै अनाहकमा पीडित बनाइएका, विभिन्न जेल र हिरासतमा राखिएकालाई बिनासर्त रिहा गर्न सरकारसँग जोडदार माग गर्दछौं,’ महासंघकी कार्यवाहक अध्यक्ष कृष्णकुमारी शेरचनले बुझाएको ज्ञापनपत्रमा भनिएको छ ।

ढ्नुहोस्, ज्ञापन पत्र

प्रकाशित : भाद्र ५, २०७५ २०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?