कल बाइपास मुद्दामा १७ करोड जरिवाना माग

कान्तिपुर संवाददाता

चितवन — कल बाइपास मुद्दामा १७ करोड ८५ लाख २० हजार जरिवानाको मागसहित चितवन जिल्ला अदालतमा मुद्दा दायर भएको छ । दुईजना बंगलादेशी नागरिकसँग मिलेर अवैध कलबाइपास गरेको आरोपमा प्रहरीले साउन ७ गते तीनजना नेपालीलाई पक्राउ गरेको थियो ।

ती मध्ये तीनजनालाई थुनामा राख्न अदालतले सोमबार आदेश गरेको छ ।

Yamaha


पक्राउ पर्नेमा रुपन्देही तिलोत्तमा नगरपालिका–८ प्रदिपनगरका ३१ वर्षका विजय गुरुङ र सोही ठाउँका २९ वर्षका मिनप्रसाद रिजाल थिए । त्यसैगरी चितवन प्रहरीले भरतपुर महानगरपालिका–१६ का सुनिल अधिकारीलाई पनि पक्राउ गरेको थियो । उनीहरुले भरतपुर–१० रिजालचोकको एउटा घरको कोठा भाडामा लिएर अवैध कलबाइपासको काम गरेको प्रहरीले जनाएको थियो ।

‘पक्राउ परेका तीनजना विरुद्ध अवैध कलबाइपास सञ्चालन गरेर नेपालको दुरसञ्चार प्रणालीको राजश्व आम्दानीमा हानी नोक्सानी पुर्‍याएको आरोपमा क्षतिपुर्ती माग गर्दै साउन २९ मा चितवन अदालतमा मुद्दा दायर भएको थियो’ चितवन जिल्ला अदालतका स्रेस्तेदार गेहेन्द्रराज पन्तले भने । यो प्रकरणमा दुईजना बंगलादेशीको मिलोमतो भएको प्रहरी अनुशन्धानले देखाएको थियो ।

अदालतका न्यायाधीस बासुदेव न्यौपानेले अभियुक्तहरुलाई थुनामा राख्न कारागार पठाउने आदेश दिएका हुन् । यो मुद्दामा बिगो बमोजिम जरिवाना तिराउने वा पाँच वर्ष कैद अथवा जरिवाना र कैद दुवै सजाय हुने व्यवस्था रहेको स्रेस्तेदार पन्तले बताए । उनीहरुले गत वर्षको पुस एक गतेबाट कल बाइपास काममा सक्रिय भएर नेपालको दुरसञ्चार सेवा प्रदायक कम्पनीहरुलाई नोक्सान गरेको देखिएको छ ।

Esewa Pasal

प्रकाशित : भाद्र ५, २०७५ २१:२३
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

आठ सहरमा ‘रोज’को कन्सर्ट 

कान्तिपुर संवाददाता

काठमाडौँ — फिल्म ‘रोज’ को प्रोडक्सन युनिटले मुलुकका आठ मुख्य सहरमा कन्सर्ट गर्ने भएको छ । २२ भदौबाट देशव्यापी प्रदर्शनमा आउन लागेको यो फिल्मको टिमले पोखरा, नारायणगढ, इटहरी, धरान, दमक, विर्तामोडलगायतका थलोमा प्रमोश्नल कन्सर्ट गर्न लागेको हो ।

निर्देशक निरक पौडेलका अनुसार पोखराबाट १४ भदौदेखि कन्सर्ट सुरु हुनेछ । पोखराको मिडटाउन ग्यालरी अगाडि ‘रोज’का कलाकारले दर्शक नचाउने छन् ।

यस्तै भदौ १५ मा औद्योगिक नगरी बुटवलमा र १६ मा नारायणगढमा कन्सर्ट गरिने उनले जनाए । यसपछि भदौ १७ मा इटहरी र धरानमा १८ मा दमक र बिर्तामोडमा कन्सर्ट गरेर टोली काठमाडौंका लागि फर्कने छ । क्राइम थ्रीलर ड्रामा जानराको भनिएको यो फिल्मको कन्सर्ट यात्रामा मुख्य कलाकार प्रदीप खडा सहित नेपाल आइडलको सेकेन्ड रनर अप गायक प्रताप दास र फिल्मकै बाँकी कलाकार प्रस्तुत हुनेछन् ।

गोपीकृष्ण मूभिज र आरोही इन्टरटेनमेन्टद्वारा निर्मित यो फिल्मले भदौ २० गते काठमाडौंबाट कन्सर्ट यात्रा टुंग्याउने बताइएको छ ।

प्रकाशित : भाद्र ५, २०७५ २१:१०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT