२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९
समाचार

News

नेकपाको जिल्ला एकीकरणका प्रतिवेदन तयारः अधिकांश जिल्लाको नेतृत्व टुंगियो

तीन महिनाअघि केन्द्रमा एकीकरण गरेको नेकपाले अधिकांश जिल्लाको नेतृत्व पनि अनौपचारिक रूपमा टुंगो लगाएको छ । 

नेकपाको जिल्ला एकीकरणका प्रतिवेदन तयारः अधिकांश जिल्लाको नेतृत्व टुंगियो

भूमिहीन दलितलाई जमिन दिन विधेयक दर्ता

सरकारले भूमिहीन दलित परिवारलाई आवास निर्माणका लागि जग्गा उपलब्ध गराउने भएको छ ।  ‘भूमिहीन दलित परिवारलाई जग्गा प्रदान गर्न बनेको विधेयक’ मंगलबार संसद्मा दर्ता गरिएको छ ।

भूमिहीन दलितलाई जमिन दिन विधेयक दर्ता

बिदामा फेरि संघ प्रदेश कचमच

कसले दिएको बिदा पालना गर्ने विषयमा संघ र प्रदेश सरकारबीच फेरि कचमच देखिएको छ । बकर इदमा प्रदेश सरकारले बुधबार दिएको सार्वजनिक बिदा जिल्ला प्रशासन कार्यालयहरूले पालना गरेनन् ।

बिदामा फेरि संघ प्रदेश कचमच

प्रधानमन्त्रीको विगारिएको तस्बिर शेयर गर्ने वडा सचिवलाई पाँच दिन थुनामा राख्न आदेश

प्रहरीले काभ्रेको रोशी–५ का वडा सचिव होमनाथ सिग्देललाई काठमाडौं जिल्ला अदालतबाट ५ दिन थुनामा राखी अनुसन्धान गर्न म्याद लिएको छ ।

प्रधानमन्त्रीको विगारिएको तस्बिर शेयर गर्ने वडा सचिवलाई पाँच दिन थुनामा राख्न आदेश

किशोरी हत्या प्रकरणः बमको घर घेराउ गर्न पुगेका आन्दोलनकारी र प्रहरीबीच झडप

किशोरीको बलात्कारपछि हत्या घटनाका दोषी पत्ता लगाउन माग गर्दै  आएका स्थानीय र प्रहरीबीच बुधबार पटकपटक भएको झडपमा दुवैतर्फ घाइते भएका छन् ।

किशोरी हत्या प्रकरणः बमको घर घेराउ गर्न पुगेका आन्दोलनकारी र प्रहरीबीच झडप

नदी दोहनमा जनप्रतिनिधिकै जोड

दुई साताअघि कालीगण्डकीबाट नदीजन्य पदार्थ झिक्दै गरेका आठ ट्याक्टर नियन्त्रणमा लिएर प्रहरीले कुस्मा नगरपालिकामा पठायो । नगरपालिकाले प्रतिसाधन ५ सय रुपैयाँ जरिवाना लिएर छाडिदियो । 

नदी दोहनमा जनप्रतिनिधिकै जोड

मुलुक समृद्ध बनाउन उत्पादनमा लाग्नुस् : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादनमुखी पेशामा लाग्न आग्रह गरेका छन् । उनले कृषिमा आधुनिकीकरण गर्न सके ठूलो फड्को मार्न सकिने दाबी गर्दै त्यसतर्फ लाग्न आग्रह गरेका हुन् । बुधबार झापाको गौरादहमा प्रधानमन्त्री ओलीलाई गरिएको नागरिक अभिनन्दन कार्यक्रम गरिएको छ । अभिनन्दनपछि बोल्दै प्रधानमन्त्री ओलीले ठूलो स्केलमा उत्पादन हुने गरी कृषिमा लाग्न आम किसानलाई आग्रह गरे । 

मुलुक समृद्ध बनाउन उत्पादनमा लाग्नुस् : प्रधानमन्त्री ओली

नजिकिँदै कोइराला दाजुभाइ, पार्टी नेतृत्वमा आउने रणनीति

कांग्रेस महामन्त्री शशांक कोइराला र केन्द्रीय सदस्य शेखर कोइरालाबीच पछिल्लो समय भेट र छलफल बाक्लै हुन थालेको छ । यसपटक एउटै कार्यक्रमलाई सम्बोधन गर्न आएका दुई नेताको बास पनि एकै घरमा भयो । अरू बेला विराटनगर आउँदा होटलमा बस्ने शशांक यसपालि पिताजीको घर कोइराला निवासमा बसे । उनले त्यहाँ एक रात बिताए ।

नजिकिँदै कोइराला दाजुभाइ, पार्टी नेतृत्वमा आउने रणनीति

उपसभामुख र बेलायती राजदूतबीच भेट

नेपालका लागि बेयालती राजदूत रिचार्ड मोरिसले उपसभामुख डाक्टर शिवमाया तुम्बाहाम्फेसँग भेट गरेका छन् । भेटमा नेपाल र बेलायतबीचको सम्बन्ध,नेपालको कानुन निर्माण र संसदीय अभ्यासका विषयमा छलफल भएकाे छ ।

उपसभामुख र बेलायती राजदूतबीच भेट

किशोरी हत्या प्रकरण : प्रदर्शनमा गाउँहरुबाट पनि महिला आए, दोस्रो दिन बजार बन्द

किशोरीको बलात्कारपछि हत्या आरोपमा प्रहरीले अभियुक्त सार्वजनिक गरेपछि चर्केको आनन्दोलन बुधबार पनि जारी छ । सोमबार साँझ प्रहरीले अभियुक्त सार्वजनिक गरेपछि मंगलबार बिहानैदेखि महेन्द्रनगरमा आन्दोलन चर्किएको हो ।

किशोरी हत्या प्रकरण : प्रदर्शनमा गाउँहरुबाट पनि महिला आए, दोस्रो दिन बजार बन्द

उपत्यकाका ट्याक्सी ड्राइभरलाई 'फ्लोरोसेन्ट युनिफर्म'

काठमाडौं उपत्यकामा ट्याक्सी चलाकले बुधबारदेखि युनिफर्म लगाएका छन् । बुधबार दिउँसो उपत्यकाका करिव ३ सय ड्राइभरले युनिफर्म लगाएर यात्रुलाई सेवा दिएका छन् । पहेँलो कपडामा राति टल्किने सेतो रिबन राखेर ड्रेस तयार पारिएको छ । उक्त ड्रेसलाई मिटर ट्याक्सी व्यवसायी संघले 'फ्लोरोसेन्ट ड्रेस' भनेको छ ।

उपत्यकाका ट्याक्सी ड्राइभरलाई 'फ्लोरोसेन्ट युनिफर्म'

सञ्चालकहरुबीचको विवादका कारण विद्यार्थीको पढाइ अन्योलमा

भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजका सञ्चालकबीचको द्विपक्षीय विवादका कारण विद्यार्थीको भविष्य अन्योलमा परेको छ । विभाजितमध्ये एक पक्षीय सञ्चालक नियमित कलेज आउने गर्छन् भने, अर्कोपक्षका कलेजबाहिर आफूखुसी बैठक बसी विभिन्न निर्णय गर्ने तथा कलेजको बैंक खातासमेत बन्द गरेका छन् । 

सञ्चालकहरुबीचको विवादका कारण विद्यार्थीको पढाइ अन्योलमा

सरकारले औषधिको मुल्य तोक्ने, सस्तो हुने अपेक्षा 

सरकारले मुलुकमा उपलब्ध औषधिहरुको मुल्य तोक्न सक्ने कानुनी व्यवस्था गर्दै छ । संघीय संसदमा दर्ता भएको जनस्वास्थ्य सेवा सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयकमा ‘औषधिको मुल्य निर्धारण नेपाल सरकारले तोके वमोजिम हुनेछ’ भन्ने उल्लेख छ ।

सरकारले औषधिको मुल्य तोक्ने, सस्तो हुने अपेक्षा 

महोत्तरीमा दुई समुहबीच झडप, एक दर्जन घाइते

महोत्तरी जिल्लाको लोहरपट्टी नगरपालिकामा ईदको नमाज कुन इमामले पढाउने भन्ने बारे दुई समुहबीच विवाद हुँदा एक दर्जन व्यक्ति घाइते भएको प्रहरीले बताएको छ ।

महोत्तरीमा दुई समुहबीच झडप, एक दर्जन घाइते

बेंसीसहर–चामे सडक: पहिरो पन्छाउनै सातादिन

हिमाली जिल्ला मनाङको चामेनजिकै कोतो क्षेत्रको पहिरो पन्छाउन एक साता लागेको छ । पहिरो पन्छाएसँगै मंगलबारदेखि सवारी आवागमन नियमित भएका छन् । अघिल्लो मंगलबार पहिरो गएसँगै सवारीसाधन आवागमन रोकिएको थियो ।

बेंसीसहर–चामे सडक: पहिरो पन्छाउनै सातादिन

हेटौंडा र चितवनमा अदालत अब चौबीसै घण्टा

जिल्ला अदालतका न्यायाधीश र कर्मचारीहरू चौबीसै घण्टा सेवा प्रवाहमा सक्रिय भएका छन् । मुलुकी संहिता भदौ १ देखि लागू भएपछि मकवानपुर जिल्ला अदालतमा एक न्यायाधीशसहित कम्तीमा ३ कर्मचारी खोजेको अवस्थामा अदालतमा हाजिर हुने गरी चौबीसै घण्टा ‘अलर्ट’ भएर बस्न थालेका छन् । यसले गर्दा उनीहरूको व्यस्तता पनि बढेको छ ।

हेटौंडा र चितवनमा अदालत अब चौबीसै घण्टा

४६ वर्षसम्म दरबन्दी थपिएन

जिल्ला अस्पतालमा ५ महिनादेखि ९ औं तहका चिकित्सकको दरबन्दी खाली छ । डा. सोभित थापा दैलेखबाट सरुवा भएपछि रिक्त स्थानमा ५ महिनासम्म कसैलाई पठाइएको छैन ।

४६ वर्षसम्म दरबन्दी थपिएन

अर्को देशको आसमा सकिन्छ खाडीको कमाइ

खाडीमा श्रम गरेर कमाएको पैसा अलि सुविस्ताको काम र धेरै तलब पाउने आशमा तस्करलाई बुझाएर फस्नेको संख्या बढेको छ । साउदी, कतार, मलेसियामा ५–१० वर्ष काम गरेपछि टर्की, ग्रिस वा मकाउजस्ता ‘राम्रो कमाइ हुने’ देश पस्ने लोभमा युवा फस्ने गरेका हुन् ।

अर्को देशको आसमा सकिन्छ खाडीको कमाइ

किशोरी हत्या प्रकरण: झन् चर्कियो आन्दोलन

भीमदत्तकी किशोरीको बलात्कारपछि हत्या घटनामा प्रहरीले नक्कली हत्यारा सार्वजनिक गरेको भन्दै महेन्द्रनगरवासी आन्दोलित बनेका छन् । वास्तविक दोषी पत्ता लगाउन माग गर्दै स्थानीयवासी मंगलबार बिहानैदेखि बजार बन्द गरेर आन्दोलनमा उत्रेका हुन् ।

किशोरी हत्या प्रकरण: झन् चर्कियो आन्दोलन

कांग्रेसमा नेतृत्व हत्याउने होड

सभापति शेरबहादुर देउवाले एक वर्ष कार्यकाल बढाउन पार्टीको महासमिति बैठक पछि धकेल्न खोजेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल समूह आक्रोशित भएको छ । गत वैशाखमै केन्द्रीय कार्यसमिति बैठकले यही भदौमा महासमिति बैठक गर्ने निर्णय लिएको थियो ।

कांग्रेसमा नेतृत्व हत्याउने होड

चितुवाले मार्‍यो चितुवा

घलेगाउँका हर्कबहादुर घले मंगलबार दिउँसो बारीमा जाँदा मकैको बोट हल्लिरहेको देखे । नजिकै गएर हेर्दा कुनामा चितुवा छटपटाइरहेको रहेछ । उनको मुटुले ठाउँ छोड्यो । बिरालोको चालमा पछाडि सरे ।

चितुवाले मार्‍यो चितुवा

‘प्रधानमन्त्रीविरुद्ध भ्रम फैलाउने’ पक्राउ

फेसबुकमार्फत प्रधानमन्त्रीबारे भ्रमपूर्ण अफवाह फैलाएको भन्दै महानगरीय अपराध महाशाखाले भक्तपुरका होमनाथ सिक्देललाई मंगलबार राजधानीबाट पक्राउ गरेको छ ।

‘प्रधानमन्त्रीविरुद्ध भ्रम फैलाउने’ पक्राउ

निजीलाई पोस्न शिक्षा विधेयकको मस्यौदा हेरफेर

सरकारले अनिवार्य तथा नि:शुल्क शिक्षा विधेयकको मस्यौदा फेरेर निजी विद्यालयलाई फाइदा पुग्ने गरी संसद्मा दर्ता गरेको छ । कानुन आयोगले तयार गरेको मस्यौदामा निजी विद्यालयले २५ प्रतिशत छात्रवृत्ति दिनुपर्ने व्यवस्था गरिएकोमा सरकारले १० प्रतिशतमा झारेको हो ।

निजीलाई पोस्न शिक्षा विधेयकको मस्यौदा हेरफेर