१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

महोत्तरीमा दुई समुहबीच झडप, एक दर्जन घाइते

रविन्द्र उप्रेती

महोत्तरी — महोत्तरी जिल्लाको लोहरपट्टी नगरपालिकामा ईदको नमाज कुन इमामले पढाउने भन्ने बारे दुई समुहबीच विवाद हुँदा एक दर्जन व्यक्ति घाइते भएको प्रहरीले बताएको छ ।

महोत्तरीमा दुई समुहबीच झडप, एक दर्जन घाइते

प्रहरीले स्थिति नियन्त्रणमा लिन २ राउण्ड हवाई फायर समेत गर्नुपरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी खगेन्द्र बहादुर खड्काले बताएका छन् । उनको अनुसार अहिले त्यहाँको स्थिति निकै तनावपूर्ण छ । ‘प्रहरीले भिडलाई तितरवितर गरेपनि स्थिति तनावपूर्ण छ,’ उनले भने, ‘अहिले प्रहरी र सशस्त्र प्रहरीको टोलीले मस्दिदलाई घेराबन्दी गरी कसैलाई पनि प्रवेश गर्न दिएको छैन ।’


प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार बकर ईदको समयमा यसअघि पनि त्यहाँ दुई समुहबीच सोही विषयलाई झगडा हुने गरेको थियो । ‘त्यहाँ पहिले पनि ईदको समयमा दुई समुहबीच झडप हुने गरेको थियो । त्यसैले हामीले यो पटक दुवै समुहलाई प्रहरी कार्यालयमा नै राखेर झगडा नगर्ने सहमति गराएका थियौं,’ उनले भने, ‘तर आज बिहान साढे ८ बजे झडप भएको छ । हामी त्यसलाई नियन्त्रण गरेर समाधान गर्ने प्रयास गरिरहेका छौं ।’


प्रहरीका अनुसार झडपमा घाइते भएकाहरुलाई प्रहरीले उपचारका लागि जनकपुरस्थित अञ्चल अस्पताल पठाएको छ ।


प्रकाशित : भाद्र ६, २०७५ १०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?