कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

उपत्यकाका ट्याक्सी ड्राइभरलाई 'फ्लोरोसेन्ट युनिफर्म'

तस्बिर : इलिट जोशी

काठमाडौँ — काठमाडौं उपत्यकामा ट्याक्सी चलाकले बुधबारदेखि युनिफर्म लगाएका छन् । बुधबार दिउँसो उपत्यकाका करिव ३ सय ड्राइभरले युनिफर्म लगाएर यात्रुलाई सेवा दिएका छन् । पहेँलो कपडामा राति टल्किने सेतो रिबन राखेर ड्रेस तयार पारिएको छ । उक्त ड्रेसलाई मिटर ट्याक्सी व्यवसायी संघले 'फ्लोरोसेन्ट ड्रेस' भनेको छ ।

उपत्यकाका ट्याक्सी ड्राइभरलाई 'फ्लोरोसेन्ट युनिफर्म'
उपत्यकाका ट्याक्सी ड्राइभरलाई 'फ्लोरोसेन्ट युनिफर्म'

संघका अध्यक्ष अर्जुन गौतमका अनुसार एउटा ड्रेसको ३ सय रुपैयाँ मूल्य तोकिएको छ । ड्रेस तयार पार्न धेरै टेलर्समा सम्पर्क गरेर मूल्य बुझिएको र सबैभन्दा सस्तोमा एलबी टेलर्सले सिलाइदिने भएपछि उसैलाई ड्रेस बनाउने जिम्मा दिइएको छ । टेलर्सका प्रोपाइटर एलबी परियाका अनुसार आज दिउँसोसम्म ५ सय ५० वटा ड्रेस तयार पारेर राखिएको छ । अर्डर अनुसार ड्रेसको परिणाम थपिँदै लगिने उनले बताए ।

उपत्यकाका ट्याक्सी ड्राइभरलाई 'फ्लोरोसेन्ट युनिफर्म'

यस्तै अब उपत्यकाभित्र ट्याक्सी चलाउने चालकले १ महिनाभित्र अनिवार्य ड्रेस लगाउनै पर्ने गौतमको भनाइ छ । ट्राफिक प्रहरी कार्यालय र यातायात व्यवसायी राष्ट्रिय महासंघको समन्वयमा देशैभरीका ट्या्कसी चालकलाई ड्रेस अनिवार्य गरिने छ ।

उपत्यकाका ट्याक्सी ड्राइभरलाई 'फ्लोरोसेन्ट युनिफर्म'

यस्तो ड्रेसले यात्रुलाई ट्याक्सी चालक र अन्य सवारीसाधनको चालक छुट्ट्याउन सजिलो हुने उनको भनाइ छ । उनले नीजि सवारी साधनले पनि भाडाको काम गरेपछि आफूहरुले ड्रेस कोड बनाएको बताए । उनले भने, 'यहाँ रातो नम्बर प्लेटका सवारी साधनले पनि पैसा लिएर भाडाको काम गर्न थाले । जसले गर्दा यात्रुहरु भ्रममा परेका छन् । अब ड्रेस लगाएपछि यो भ्रम तोडिनेछ । नीजि सवारीको काम पैसा असुलेर यात्रु चढाउने हैन ।'

उपत्यकाका ट्याक्सी ड्राइभरलाई 'फ्लोरोसेन्ट युनिफर्म'

ड्रेसले ट्याक्सी चालकलाई थप अनुशासित बनाउने उनले बताए । उनले भने, 'ड्रेसले व्यवसाय र व्यवसायीलाई अनुसाशित बनाउनुको साथै यात्रुलाई पनि सुविधा पुग्नेछ ।'

उपत्यकाका ट्याक्सी ड्राइभरलाई 'फ्लोरोसेन्ट युनिफर्म'

उपत्यकाका ट्याक्सी ड्राइभरलाई 'फ्लोरोसेन्ट युनिफर्म'

उपत्यकाका ट्याक्सी ड्राइभरलाई 'फ्लोरोसेन्ट युनिफर्म'

उपत्यकाका ट्याक्सी ड्राइभरलाई 'फ्लोरोसेन्ट युनिफर्म'

प्रकाशित : भाद्र ६, २०७५ १३:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?