१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

किशोरी हत्या प्रकरण : प्रदर्शनमा गाउँहरुबाट पनि महिला आए, दोस्रो दिन बजार बन्द

भवानी भट्ट

कञ्चनपुर — किशोरीको बलात्कारपछि हत्या आरोपमा प्रहरीले अभियुक्त सार्वजनिक गरेपछि चर्केको आनन्दोलन बुधबार पनि जारी छ । सोमबार साँझ प्रहरीले अभियुक्त सार्वजनिक गरेपछि मंगलबार बिहानैदेखि महेन्द्रनगरमा आन्दोलन चर्किएको हो ।

किशोरी हत्या प्रकरण : प्रदर्शनमा गाउँहरुबाट पनि महिला आए, दोस्रो दिन बजार बन्द

प्रहरीले सार्वजनिक गरेको व्यक्ति दोषी हुन नसक्ने उनीहरुको अडान छ । प्रहरीले वास्तविक दोषी उम्काउन यस्तो खेल खेलेको उनीहरुको आरोप छ ।


आन्दोलनकारीले जिल्ला प्रशासन कार्यालयलाई केन्द्र बनाएर प्रदर्शन गरिरहेका छन् । गाउँगाउँबाट आएका महिलाहरु समेत आन्दोलनमा उत्रिएका छन् ।


बुधबार पनि महेन्द्रनगरमा बिहानैदेखि स्थानीयले प्रदर्शन गरिरहेका छन् । बजार र यातायात बन्द गराएर स्थानीयले बजारको चोक चोकमा टायर बालेर प्रदर्शन गरेका हुन् । व्यवासायीहरु स्वस्फुर्त रुपमा बजार बन्द गरेर आन्दोलनमा होमिएका छन् । प्रहरी र आन्दोलनकारीबीच पटक पटक झडप भईरहेको छ । दुवै पक्षबाट ढुंगा प्रहार भईरहेको छ ।


साउन १० मा भीमदत्त नगरपालिका २ उल्टाखामिक १३ वर्षीया किशोरीको वलात्कारपछि हत्या भएको थियो । उनको शव सोहि नगरपालिकाको वडा नं. १८ को निम्बुखेडास्थित उखुबारीमा भेटिएको थियो । प्रहरीले सोमबार साँझ सोहि नगरपालिकाको वडा नं. २ का ४१ वर्षीय दिलिप विष्टलाई अभियुक्तका रुपमा सार्वजनिक गरेको थियो ।

मंगलबार सांझ जिल्ला प्रशासन कार्यालयमा भएको द्वीपक्षीय वैठकमा प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले अहिले पक्राउ परेको अभियुक्तलाई मात्र दोषी मानेर अनुसन्धान नरोकि पीडित पक्षले शंका गरेका व्यक्तिमाथि पनि अनुसन्धान गर्ने प्रतिबद्धता जनाएका थिए ।


पीडित पक्षले छोरी पढ्न गएको भीमदत्त नगरपालिका १८ स्थित घरका किशोरीमाथि छानविन हुनुपर्ने माग गरेका छन् ।


प्रकाशित : भाद्र ६, २०७५ १४:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?