१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

उपसभामुख र बेलायती राजदूतबीच भेट

काठमाडौँ — नेपालका लागि बेयालती राजदूत रिचार्ड मोरिसले उपसभामुख डाक्टर शिवमाया तुम्बाहाम्फेसँग भेट गरेका छन् । भेटमा नेपाल र बेलायतबीचको सम्बन्ध,नेपालको कानुन निर्माण र संसदीय अभ्यासका विषयमा छलफल भएकाे छ ।

उपसभामुख र बेलायती राजदूतबीच भेट

बुधबार सिंहदरबारस्थित उपसभामुखको कार्यालयमा भएको भेटमा राजदूत मोरिसले बेलायतमा महिलालाई चुनावमा सहभागी हुने अधिकार प्राप्त भएको एक सय वर्ष पुगेको अवसरमा नोभेम्बरमा हुन लागेको विश्वभरका महिला सांसदहको सम्मेलनमा सहभागी हुन समेत निम्तो दिए ।


भेटमा उपसभामुख डा.तुम्बाहाम्फेले बेलायत सरकारका तर्फबाट भएको निमन्त्रणप्रति धन्यवाद व्यक्त गर्दै दुई देशबीचको संसदीय प्रक्रिया र अभ्यास आदानप्रदान हुने विश्वास व्यक्त गरेकी थिइन् ।

यस्तै, उपसभामुख तुम्बाहाम्फेले संस्कार र धर्मबाहेक विश्वभरका महिलाहरुको समस्या साझा भएको भन्दै सम्मेलनमा त्यस विषयमा छलफल हुने अपेक्षा गरिन् ।


राजदूत मोरिसले नेपालमा भएको कानुन निर्माण तथा संसदीय समिति गठन लगायतका विषयमा चासो व्यक्त गरेका थिए ।

प्रकाशित : भाद्र ६, २०७५ १६:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?