कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

किशोरी हत्या प्रकरणः बमको घर घेराउ गर्न पुगेका आन्दोलनकारी र प्रहरीबीच झडप

बजार क्षेत्र दिनभरी तनावग्रस्त
भवानी भट्ट

कञ्चनपुर — किशोरीको बलात्कारपछि हत्या घटनाका दोषी पत्ता लगाउन माग गर्दै  आएका स्थानीय र प्रहरीबीच बुधबार पटकपटक भएको झडपमा दुवैतर्फ घाइते भएका छन् ।

किशोरी हत्या प्रकरणः बमको घर घेराउ गर्न पुगेका आन्दोलनकारी र प्रहरीबीच झडप

मृतक किशोरी पढ्न गएको घरमा आन्दोलनकारी केन्द्रीत हुँदा झडप भएको हो । महेन्द्रनगर बजार क्षेत्र दिनभरी तनावग्रस्त हुन पुग्यो ।


स्थानीय र पीडित परिवारले सुरुदेखि शंका गरिरहेको उक्त घरमा पस्न खोज्दा प्रहरीले लाठी चार्ज र अश्रुग्यास प्रहार गरेको हो ।

आन्दोलनमा उत्रेका स्थानीयले घर तोडफोड गर्न खोजेका थिए । दिनभर बजार क्षेत्रमा केन्द्रीत रहेको आन्दोलन साँझ किशोरी पढ्न गएको रोशनी बमको घरमा केन्द्रीत भएको हो । झडपमा कति जना घाइते भए भन्ने एकिन हुन सकेको छैन ।


स्थानीयतर्फ १०/१२ जना भन्दा बढी घाइते भएको उनीहरु बताउँछन् । बम परिवारको गाउँमा भएको झडपमा प्रहरीले प्रहार गरेको अश्रुग्यासबाट महिला र बालबालिकाहरु प्रभावित भएका छन् ।

प्रहरीले उक्त क्षेत्रमा मात्रै करिब ३० सेल भन्दा बढी अश्रुग्यास प्रहार गरेको छ । यसैगरी महेन्द्रनगर बजारमा पनि १५ सेल अश्रुग्यास प्रहार भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी ज्ञान बहादुर सेठीले बताए ।


सोमबार साँझ प्रहरीले सार्वजनिक गरेको अभियुक्त दीलिपसिंह विष्ट दोषी हुन नसक्ने भन्दै स्थानीय आन्दोलित बनेका हुन् । उनीहरुले किशोरी पढ्न गएको घरका युवतीहरुलाई अनुसन्धानको दायरामा ल्याउन माग गरेका छन् ।

तर प्रहरीले भने हालसम्म जुटेको प्रमाणका आधारमा विष्ट नै दोषी देखिएको जनाएको छ । केन्द्रीय अनुसन्धान ब्युरोका इन्चार्ज डिएसपी अंगुर जिसीले धेरै प्रमाण जुटेको र विष्टको डिएनए पनि परीक्षणका लागि पठाउने तयारी भइरहेको बताए ।



प्रकाशित : भाद्र ६, २०७५ १८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?