बलात्कारको घटनामा संलग्न दोषीलाई नियन्त्रण गरी कानूनी दायरामा ल्याउन सांसदको माग

प्रतिनिधिसभा– शून्य समय
रासस

काठमाडौँ — प्रतिनिधिसभाको बिहीबारको बैठकको शून्य समयमा बोल्ने सांसदले निर्वाचन क्षेत्र, जिल्ला र समग्र मुलुकका समसामयिक विषयमा सदनमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । 

बैठकमा सांसद विमला नेपालीले काठमाडौं उपत्यकाका सडक समयमै मर्मत गर्न नसक्दा राजधानीवासीले ठूलो सास्ती व्यहोर्नु परेको धारणा व्यक्त गरिन्।

Yamaha

सांसद भीमसेनदास प्रधानले महंगी र करका कारण नेपाली जनता मारमा परेकाले जनतालाई राहत दिने हो भने कम्तीमा पनि जन्म र मृत्यु दर्ता निःशुल्क गर्ने व्यवस्था गर्न सुझाव दिए।सांसद भूपेन्द्र थापाले म्याग्दी जिल्लालाई हिमाली जिल्लामा समावेश गर्न माग गरे। सांसद महेश बस्नेतले भक्तपुरको चाँगुनारायणमा रहेको नेपाल इञ्जिनियरिङ कलेजमा भएको घोटालाको छानबिन गरी उक्त कलेज अब स्थानीय निकायले सञ्चालन गर्ने व्यवस्था गर्न आग्रह गरे।

सांसद महेश्वरराज गहतराजले स्थानीय तहले गरेको करसम्बन्धी व्यवस्थालाई पुनरावलोकन गर्न आवश्यक रहेको बताए। सांसद मायादेवी न्यौपानेले काठमाडौं उपत्यकामा रहेका छाडा भुस्याहा कुकुरलाई नियन्त्रण गर्ने कार्य अविलम्ब सुरु गर्न आग्रह गरिन्।

सांसद मीनबहादुर विश्वकर्माले कञ्चनपुरमा केही दिनअघि भएको बलात्कारको घटनामा संलग्न दोषीलाई नियन्त्रण गरी कानूनी दायरामा ल्याउन सुझाव दिए।

सांसद मीना सुब्बाले धरान नगर हेर्दा जति सुन्दर छ, त्यति नै विमानस्थल र सडक समस्या रहेको जनाउँदै सडक, बसपार्क र विमानस्थलको आवश्यक व्यवस्था गर्न माग गरिन्। सांसद डा मीनेन्द्र रिजालले सरकारलाई जनताप्रति उत्तरदायी हुने व्यवस्था मिलाउन सदनको ध्यानाकर्षण गरे।

सांसद मीना पाण्डेले मुलुकका विभिन्न ठाउँमा भएका बलात्कारका घटनामा संलग्न अपराधीलाई कानूनी दायरामा ल्याउन माग गरिन्। सांसद मैनाकुमारी भण्डारीले कञ्चनपुरकी निर्मला पन्तको हत्यारालाई कानूनी दायरामा ल्याएर कारबाही चलाउन सुझाव दिइन्।

सांसद यज्ञराज सुनुवारले मुलुकमा शान्ति र समृद्धि देख्न नचाहनेले हत्या हिंसाका घटना मच्चाएको हुन सक्नेतर्फ सरकारको ध्यानाकर्षण गराए।सांसद रणमती शाहीले कञ्चनपुरमा बलात्कारीलाई पक्राउ गरेको विरोधको कार्यक्रममा भएको प्रहरी हस्तक्षेपको विरोध गरिन्।

सांसद राजन केसीले सांसद निरुपालमाथि भएको घटनाको छानबिनको अवस्था कहाँ पुग्यो, ३३ किलो सुन कहाँ गयो भने।सांसद राजेन्द्रकुमार राईले छिन्ताङ घटनाका शहिदका परिवारलाई राहत उपलब्ध गराउन माग गरे।

सांसद राधाकुमारी ज्ञवालीले सरकार र राजनीतिक दललाई संविधान संशोधन गरेर भए पनि बलात्कारीलाई मृत्युदण्डको व्यवस्था गर्न आवश्यक रहेको धारणा राखे।सांसद रामबहादुर विष्टले संसद्‌मा उठाएका विषयमा सरकार गम्भीर नभएको भन्दै सांसद निरुदेवी पालमाथि भएको घटनाको छानबिन कहाँ पुग्यो भने।

सांसद रामेश्वर रायले सर्लाही जिल्लालगायतका उखु किसानको चिनी मिलले भुक्तानी गर्न ९ अर्ब बाँकी रहेकाले उक्त बक्यौताको तत्काल भुक्तानी गर्ने व्यवस्था मिलाउन विशेष पहल गर्न माग गरे।सांसद लक्ष्मीकुमारी चौधरीले बर्खायाममा नदीबाट बालुटा, गिट्टी निकाल्न नपाइने भनिए पनि अहिले मुलुकमा विभिन्न खोलाबाट ती वस्तु निकाल्ने काम भइरहेकोतर्फ सरकारको ध्यानाकर्षण गराए।

Esewa Pasal

प्रकाशित : भाद्र ७, २०७५ १५:३४
प्रतिक्रिया
पठाउनुहोस्

युनाईटेड सिमेन्टको नयाँ योजना

कान्तिपुर संवाददाता

काठमाडौँ — युनाईटेड सिमेन्टले आफ्ना ग्राहकहरुलाई लक्षित गरी नयाँ योजना ल्याएको छ । सिमेन्टले ‘१५ बोरा युनाईटेड सिमेन्टको खरिदमा १ बोरा सिमेन्ट सित्तैमा’ योजना ल्याएको हो । 

ग्राहकहरुको साथ तथा विश्वासको सम्मान स्वरुप योजना ल्याइएको कम्पनीले जनाएको छ ।

के.एल. दुगड ग्रुपद्वारा उत्पादित युनाईटेड सिमेन्टले अत्याधुनिक रोटरी किल्न प्रविधिबाट गुणस्तरीय सिमेन्ट उत्पादन गर्दै आएको छ ।

प्रकाशित : भाद्र ७, २०७५ १५:१५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT