समाचार

News

किशाेरी बलात्कार र हत्या प्रकरणः सरकारले दोषीलाई कारबाही गरेरै छाड्ने

सरकारले देशैभरी हुने जुनसुकै खालका आपराधिक क्रियाकलापमा संलग्न दोषीलाई कारबाही गरेरै छाड्ने बताएको छ । शुक्रबार राति बसेको मन्त्रिपरिषद् बैठकबारे जानकारी दिँदै सरकारका प्रवक्ता एवं सूचना, सञ्चार तथा प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सरकार आपराधिक क्रियाकलापप्रति गम्भीर रहेको बताए । उनले भने, 'सरकार दोषीलाई कारबाही गर्ने प्रतिवद्धता व्यक्त गर्दछ।'

किशाेरी बलात्कार र हत्या प्रकरणः सरकारले दोषीलाई कारबाही गरेरै छाड्ने

सांसदहरूको मागः ‘बलात्कारीलाई आजीवन जेल सजाय’

प्रतिनिधिसभामा सत्तापक्ष र प्रतिपक्षका सांसदहरू महिला हिंसा र बलात्कार घटनाका पीडकलाई आजीवन जेल सजाय हुने कानुन ल्याउन एकमत देखिएका छन् । 

सांसदहरूको मागः ‘बलात्कारीलाई आजीवन जेल सजाय’

बिमस्टेक सम्मेलनमा को को आउँछन् ? के गर्छन् ?

बहुपक्षिय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) सम्मेलनमा बंगलादेशकी प्रधानमन्त्री शेख हसिना बाजेद, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना, थाइल्यान्डका प्रधानमन्त्री प्रायुत व चा, म्यानमारका राष्ट्रपति विन मिन्ट, भुटानका अन्तरिम मन्त्रिपरिषदका अध्यक्ष छिरिङ तोग्वे सहभागी हुने निधो भइसकेको छ ।

बिमस्टेक सम्मेलनमा को को आउँछन् ? के गर्छन् ?

न्यायको माग ट्वीटरमा ट्रेन्डिङ

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया किशोरीलाई न्याय माग गर्दै भएका ट्विट शुक्रबार ट्वीटरमा ट्रेन्डिङ भयो । जस्टिसफरनिर्मला ह्यासट्यागमा शुक्रबार दिनभर करिब २७ हजार ट्वीट भए ।

न्यायको माग ट्वीटरमा ट्रेन्डिङ

लेनिन विष्ट प्रकरणः मानव अधिकार आयोगले भन्यो अधिनायकवादको संकेत

विदेश जान लागेका तत्कालीन माओवादीका पूर्वबाल सैनिक लेनिन विष्टलाई सरकारले विमानस्थलबाट फिर्ता गरेको छ । माओवादी लडाकुको प्रमाणीकरणका क्रममा कम उमेरका कारण बहिर्गमनमा परेका विष्टलाई गृह मन्त्रालयको आदेशमा अध्यागमनले शुक्रबार बिहान विमानस्थलबाट फिर्ता गरेको हो ।

लेनिन विष्ट प्रकरणः मानव अधिकार आयोगले भन्यो अधिनायकवादको संकेत

पर्यटकको फर्जी उद्धारः 'ट्राभलर एसिस्ट'सँग सरकारले माग्यो प्रमाण

नेपाल आउने अमेरिकी, बेलायती र अस्ट्रेलियन पर्यटकको भ्रमणबिमा गराउँदै आएको दाबी गर्ने ‘ट्राभलर एसिस्ट’ सँग पर्यटन मन्त्रालयले फर्जी उद्धारमा संलग्न हेलिकप्टर कम्पनी, अस्पताल तथा ट्रेकिङ एजेन्सीका प्रमाण मागेको छ ।

पर्यटकको फर्जी उद्धारः 'ट्राभलर एसिस्ट'सँग सरकारले माग्यो प्रमाण

भीमदत्त नगरपालिकाको ४ र १८ नम्बर वडामा अनिश्चितकालीन कर्फ्यू

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले शुक्रबार पनि कर्फ्यू आदेश जारी गरेको छ । जिल्लामा केही दिनदेखि जारी आन्दोलन उग्र बनेपछि स्थानीय प्रशासनले शुक्रबार राति ८ बजेदेखि अर्को सूचना जारी नभएसम्म कर्फ्यू आदेश जारी गरिएको  हो ।

भीमदत्त नगरपालिकाको ४ र १८ नम्बर वडामा अनिश्चितकालीन कर्फ्यू

केयू रजिस्ट्रार थापाको राजीनामा

काठमाडौं विश्वविद्यालय (केयू) का रजिस्ट्रार प्राध्यापक भोला थापाले पदबाट राजीनामा दिएका छन् । विश्वविद्यालयअन्तर्गत स्कुल अफ लका डिन तथा संविधानविद् विपिन अधिकारीलाई प्राध्यापक बनाउने विषयमा विवाद बढेपछि थापाले राजीनामा गरेका हुन् ।

केयू रजिस्ट्रार थापाको राजीनामा

किशाेरी बलात्कार र हत्या प्रकरण : कञ्चनपुरमा प्रहरीले गोली चलाउँदा किशोरको मृत्यु

किशोरीको बलात्कारपछि हत्या घटनामा प्रहरी अनुसन्धानप्रति असन्तुष्टि जनाउँदै प्रदर्शनमा उत्रिएका स्थानीयमाथि प्रहरीले गोली चलाउँदा शुक्रबार महेन्द्रनगरमा एक जनाको मृत्यु भएको छ । महेन्द्रनगर, भगतपुरका १४ वर्षीय सन्नी खुनाको मृत्यु भएको हो । 

किशाेरी बलात्कार र हत्या प्रकरण : कञ्चनपुरमा प्रहरीले गोली चलाउँदा किशोरको मृत्यु

बिमस्टेक सम्मेलनभर जोर/बिजोर सवारीसाधन चलाउनु पर्ने

आगामी १४ र १५ हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) सम्मेलनभर सरकारले काठमाडौं उपत्यकामा जोर र बिजोर नम्बर प्लेटका आधारमा सवारीसाधन चलाउन दिने निर्णय गरेको छ । शुक्रबार गृहमन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै यस्तो निर्णय गरेको हो ।

बिमस्टेक सम्मेलनभर जोर/बिजोर सवारीसाधन चलाउनु पर्ने

मकवानपुरको एउटा गाउँ, जहाँ कुखुरा नै पालिन्न

हिमाल, पहाड होस् वा तराई, अधिकांशले कुखुरा पाल्ने गर्छन् । थोरैले व्यावसायिक र धेरैले परम्परागत ढंगले कुखुरा पालिरहेकै छन् । तर मकवानपुरको उत्तरी क्षेत्रमा यस्ता गाउँ छन् जहाँ कुखुरा पाल्ने त कुरै छाडौं, छुन पनि छुँदैनन् । मासु र अन्डा पनि खाँदैनन् । कुखुराको साटो ती गाउँका मानिस हाँस पाल्छन् । थाहा नगरपालिका वडा १ र १० का कुन्छाल गाउँ, नुलगाउँ र टौखेलमा प्राय: ले हाँस पालेकै हुन्छन् ।

मकवानपुरको एउटा गाउँ, जहाँ कुखुरा नै पालिन्न

पूर्व लडाकु बिष्टलाई अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइयो

पूर्व माओवादी लडाकु लेनिन बिष्टलाई बैंककमा हुन लागेका एक कार्यक्रममा सहभागी हुन जानबाट रोकिएको छ । उनी बाल सैन्यविरुद्धको अभियानमा सक्रिय छन् ।

पूर्व लडाकु बिष्टलाई अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइयो

बिमस्टेक सम्मेलन : भारतीय प्रधानमन्त्रीसँग रेल्वेसहित दुईवटा छुट्टै सम्झौत

आगामी १४ र १५ हुने बहुपक्षिय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीकाको प्रयास (बिमस्टेक) सम्मेलनको अवसरमा भारत र नेपालबीच छुट्टै दुई सम्झौता हुने भएका छन् ।परराष्ट्रमन्त्री प्रदिप ज्ञावलीका अनुसार रक्सौल–काठमाडौं रेल्वे र बल्क कार्गो सम्बन्धी सम्झौतामा हस्ताक्षर हुने भएको हो ।

बिमस्टेक सम्मेलन : भारतीय प्रधानमन्त्रीसँग रेल्वेसहित दुईवटा छुट्टै सम्झौत

किशोरी बलात्कार र हत्या प्रकरण : छानबिन समिति महेन्द्रनगरमा

कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया किशोरीको बलात्कारपछि हत्या गरिएको घटनाको प्रहरी अनुसन्धानप्रति स्थानीयले अविश्वास जनाउँदै चर्किको आन्दोलन पछि गृह मन्त्रालयले गठन गरेको छानबिन समेत महेन्द्रनगर पुगेको छ ।

किशोरी बलात्कार र हत्या प्रकरण : छानबिन समिति महेन्द्रनगरमा

बलात्कार विरुद्ध चितवनमा प्रदर्शन

देशभर बढ्दोक्रमा देखिएको बलात्कार जस्ता यौन हिंसाका विरुद्ध शुक्रबार महिला अधिकारका क्षेत्रमा सक्रिय संघ संस्थाले भरतपुरमा प्रदर्शन गरेका छन् । महानगरपालिकाको कार्यालयबाट र्‍यालीसहित जिल्ला प्रशासन पुगेर उनीहरुले प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलाई ज्ञापनपत्र बुझाए ।

बलात्कार विरुद्ध चितवनमा प्रदर्शन

कञ्चनपुर घटनाका घाइतेको निःशुल्क उपचार : गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुर घटनामा परेर घाइते भएका आन्दोलनकारीको स्वास्थ्योपचार सरकारले गर्ने बताएका छन्। 

कञ्चनपुर घटनाका घाइतेको निःशुल्क उपचार : गृहमन्त्री

किशाेरी बलात्कार र हत्या प्रकरण : छानबिन समिति र सुरक्षा प्रमुखको कामको पर्खाइ

१३ वर्षीया किशोरीको बलात्कारपछि हत्या प्रकरणमा प्रहरीको अनुसन्धानप्रति अविश्वास जनाउँदै महेन्द्रनगरमा चर्किएको आन्दोलन शुक्रबार केही कम भएको छ ।

किशाेरी बलात्कार र हत्या प्रकरण : छानबिन समिति र सुरक्षा प्रमुखको कामको पर्खाइ

महिलाविरुद्धको हिंसा अन्त्य गर्ने सङ्कल्प प्रस्ताव प्रस्तुत

प्रतिनिधिसभाको बैठकमा महिलाविरुद्धको हिंसा अन्त्य गर्न संकल्प प्रस्ताव प्रस्तुत भएको छ । सदनमा सङ्कल्प प्रस्ताव प्रस्तुत गर्न २२ जना सांसदले हस्ताक्षर गरी असार २१ गते संसद् सचिवालयमा प्रस्ताव दर्ता गराएका थिए । 

महिलाविरुद्धको हिंसा अन्त्य गर्ने सङ्कल्प प्रस्ताव प्रस्तुत

बिमस्टेक सम्मेलन : दुई राष्ट्रपतिले लुम्बिनी भ्रमण गर्ने

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास(बिमस्टेक)को आसन्न शिखर बैठकमा सहभागी हुन काठमाडौं आउनेमध्ये म्यानमार र श्रीलंकाका राष्ट्रपति लुम्बिनी भ्रमणमा जाने भएका छन् ।  

बिमस्टेक सम्मेलन : दुई राष्ट्रपतिले लुम्बिनी भ्रमण गर्ने

पहिरोका कारण पृथ्वीराजमार्ग अवरुद्ध 

रातभरको अविरल वर्षापछि गएको पहिरोले पृथ्वी राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ । थाक्रे गाउँपालिका-३ को भुमेस्थान र ५ को जुङेखोलामा गएको पहिरोले राजमार्ग अवरुद्ध भएको हो ।

पहिरोका कारण पृथ्वीराजमार्ग अवरुद्ध 

बेंसीसहर–चामे सडक च्याम्चेमा अवरुद्ध

हिमाली जिल्ला मनाङ जाने बेंसीसहर–चामे सडकको च्याम्चे र घट्टेखोलाबीच बुङ छहरा नजिकै सडक भासिएपछि अवरुद्ध भएको छ । गए रातिको भीषण वर्षाले मर्स्याङ्दीको बहाव बढेसँगै त्यसले मुनीबाट जमिन कटान गरेपछि सडक भासिनुका साथै पहिरो समेत गएको स्थानीयले बताएका छन् ।

बेंसीसहर–चामे सडक च्याम्चेमा अवरुद्ध

छोरी जन्मिए बैंक खाता

वीरेन्द्रनगर–६, बुद्धपथकी सुशीला थापाले असोज पहिलो साता छोरी प्रतिज्ञालाई जन्म दिइन् । परिवारले जन्म दर्ता गरिदिएको सातामै नगरपालिकाले प्रतिज्ञाको नाममा बैंक खाता खोलिदियो ।

छोरी जन्मिए बैंक खाता

नाता प्रमाणित ल्याउन साता

स्थानीय तहमा सिफारिस र प्रमाणितजस्ता कागजपत्र अंग्रेजी भाषामा उल्था गर्ने जनशक्ति नहुँदा सेवाग्राहीले सास्ती पाएका छन् । यत्ति कामका लागि उनीहरू सदरमुकाम धाउन बाध्य छन् ।

नाता प्रमाणित ल्याउन साता

अपांगता भएकाले सुविधा पाएनन्

ऐन संशोधन नहुँदा अपांगता भएका थुप्रै व्यक्ति परिचयपत्र पाउनबाट वञ्चित छन् । परिचयपत्र हुनेले पनि तोकिएको सेवा सुविधा पाएका छैनन् । सरकारले ‘अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४’ ल्याएको थियो ।

अपांगता भएकाले सुविधा पाएनन्

गोपनीयतासम्बन्धी विधेयक : बन्द समाजतर्फ धकेलिने संशय

०४६ सालयता प्रधानमन्त्री तथा मन्त्रीहरूले पदमा बहाल भएपछि सम्पत्ति विवरण सार्वजनिक गर्दै आएका छन् । तर, सरकारले संसद्मा पेस गरेको वैयक्तिक गोपनीयताका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक हुबहु पारित भए मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गर्न रोक लाग्नेछ ।

गोपनीयतासम्बन्धी विधेयक : बन्द समाजतर्फ धकेलिने संशय

मलेसियासँग श्रम सम्झौता हुँदै

मलेसियामा सहज रूपमा नेपाली कामदार पठाउन दुई मुलुकबीच श्रमसम्झौता हुने भएको छ । सम्झौतापछि तीन महिनादेखि रोकिएको मलेसिया कामदार पठाउने प्रक्रिया खुल्नेछ । अब मलेसिया कामदार पठाउने प्रक्रियामा बिचौलिया कम्पनी र एजेन्टहरूले प्रवेश गर्न पाउनेछैनन् ।

मलेसियासँग श्रम सम्झौता हुँदै

तरकारीमा सिन्डिकेट: बलिया व्यवसायी, निरीह सरकार

सरकारी अनुगमन टोलीलाई गत सोमबार कालीमाटी तरकारी बजार अनुगमन गर्दा व्यवसायीले नियन्त्रणमा लिए । अनुगमनको विरोधमा व्यवसायीले भोलिपल्ट तरकारी बिक्री ठप्प पारे । व्यवसायीले अनुगमन टोलीमाथि गरेको यो दुर्व्यवहार पहिलो घटना हैन ।

तरकारीमा सिन्डिकेट: बलिया व्यवसायी, निरीह सरकार