कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

बेंसीसहर–चामे सडक च्याम्चेमा अवरुद्ध

आश गुरुङ

लमजुङ — हिमाली जिल्ला मनाङ जाने बेंसीसहर–चामे सडकको च्याम्चे र घट्टेखोलाबीच बुङ छहरा नजिकै सडक भासिएपछि अवरुद्ध भएको छ । गए रातिको भीषण वर्षाले मर्स्याङ्दीको बहाव बढेसँगै त्यसले मुनीबाट जमिन कटान गरेपछि सडक भासिनुका साथै पहिरो समेत गएको स्थानीयले बताएका छन् ।

बेंसीसहर–चामे सडक च्याम्चेमा अवरुद्ध

यसअघि बेंसीसहर–चामे सडककै मनाङको चामे नजिकै कोतो क्षेत्रमा गएको पहिरोले एक साता सडक अवरुद्ध बनाएको थियो । गएको मंगलबारबाट संचालनमा आएको उक्त बाटो ३ दिन नबित्दै फेरी मनाङ सीमा आउन करीब ६ किलोमिटर वर सडक भासिएको हो ।


स्थानीय होटल व्यवसायी पञ्च गुरुङका अनुसार मोटरसाइकल हिँड्न समेत नमिल्ने गरी सडक भासिएको छ । मानिस समेत जोखिम तवरले हिँडेका छन् । सडक माथि जंगल रहेको र जंगलको जमिन समेत भासिएको उनले बताए । उनका अनुसार सडक भासिनुका साथै पहिरो गएपछि सवारी साधनबाट आउजाने गरेका स्थानीय, यात्रु तथा पर्यटकलाई समस्या परेको छ ।


प्रकाशित : भाद्र ८, २०७५ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?