पहिरोका कारण पृथ्वीराजमार्ग अवरुद्ध 

हरिहरसिंह राठौर

जुगेखोला (धादिङ) — रातभरको अविरल वर्षापछि गएको पहिरोले पृथ्वी राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ । थाक्रे गाउँपालिका-३ को भुमेस्थान र ५ को जुङेखोलामा गएको पहिरोले राजमार्ग अवरुद्ध भएको हो ।

राजमार्ग अवरुद्ध भएपछि निकैलामो सवारीको लाइन लागेको छ । अवरुद्ध राजमार्ग एकतर्फी सुचारु गर्न सडक डिभिजनका २ वटा लोडर र डोजर प्रयोग गरिएको छ ।

Yamaha


प्रकाशित : भाद्र ८, २०७५ १०:२१
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

बेंसीसहर–चामे सडक च्याम्चेमा अवरुद्ध

आश गुरुङ

लमजुङ — हिमाली जिल्ला मनाङ जाने बेंसीसहर–चामे सडकको च्याम्चे र घट्टेखोलाबीच बुङ छहरा नजिकै सडक भासिएपछि अवरुद्ध भएको छ । गए रातिको भीषण वर्षाले मर्स्याङ्दीको बहाव बढेसँगै त्यसले मुनीबाट जमिन कटान गरेपछि सडक भासिनुका साथै पहिरो समेत गएको स्थानीयले बताएका छन् ।

यसअघि बेंसीसहर–चामे सडककै मनाङको चामे नजिकै कोतो क्षेत्रमा गएको पहिरोले एक साता सडक अवरुद्ध बनाएको थियो । गएको मंगलबारबाट संचालनमा आएको उक्त बाटो ३ दिन नबित्दै फेरी मनाङ सीमा आउन करीब ६ किलोमिटर वर सडक भासिएको हो ।

स्थानीय होटल व्यवसायी पञ्च गुरुङका अनुसार मोटरसाइकल हिँड्न समेत नमिल्ने गरी सडक भासिएको छ । मानिस समेत जोखिम तवरले हिँडेका छन् । सडक माथि जंगल रहेको र जंगलको जमिन समेत भासिएको उनले बताए । उनका अनुसार सडक भासिनुका साथै पहिरो गएपछि सवारी साधनबाट आउजाने गरेका स्थानीय, यात्रु तथा पर्यटकलाई समस्या परेको छ ।

प्रकाशित : भाद्र ८, २०७५ १०:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT