किशाेरी बलात्कार र हत्या प्रकरण : छानबिन समिति र सुरक्षा प्रमुखको कामको पर्खाइ

भवानी भट्ट

कञ्चनपुर — १३ वर्षीया किशोरीको बलात्कारपछि हत्या प्रकरणमा प्रहरीको अनुसन्धानप्रति अविश्वास जनाउँदै महेन्द्रनगरमा चर्किएको आन्दोलन शुक्रबार केही कम भएको छ ।

फाइल फोटोः कञ्चनपुर बजार ।

बजार क्षेत्रको आन्दोलन गाँउतिर केन्द्रित भएको छ। बेलौरी, कृष्णपुर, बेलडाँडी र सुकासालमा स्थानीयले टायर बालेर यातायात अवरुद्ध पार्नुका साथै प्रदर्शन गरेका छन्।

Yamaha

सुरक्षा नेतृत्व फेरिएकाे र उच्चस्तरीय छानबिन समिति समेत गठन भएकाले महेन्द्रनगर बजार क्षेत्रमा प्रदर्शन कम भएको छ।

नयाँ आएका सुरक्षा निकाय प्रमुख र उच्च स्तरीय छानबिन समितिले अब गर्ने कामको प्रतिक्षामा स्थानीय छन्।

गत मंगलबारदेखि चर्किएको आन्दोलनका क्रममा प्रहरी र प्रदर्शनकारीबिच पटक पटक झडपको अवस्था सृजना भएको थियो। बिहीबार दिउँसो प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाउदा ६ जना घाइते भएका छन्। प्रहरीतर्फ पनि ४ जना घाइते भएको प्रहरीले जनाएको छ।

उक्त घटनापछि स्थानीय प्रशासनले बिहीबार साँझ ५ बजेदेखि शुक्रबार बिहान ५ बजेसम्म कर्फ्यु लगाएको थियो। कर्फ्युको समय सकिएपछि बजार क्षेत्रमा सामान्य बनेको छ। महेन्द्रनगर बजार क्षेत्र आज चौथो दिन पनि बन्द नै छ। यातायात पनि सुचारु हुन सकेको छैन।

नयाँ आएका एसपी कुबेरसिंह कठायत र डिएसपी कृष्णराज पाठक जिल्ला हाजिर भइसकेका छन् भने प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी बाटोमै रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले अवस्था सामान्यीकरण भएकाले अब सबै पक्षसँग समन्वय भइरहेको बताए।

Esewa Pasal

प्रकाशित : भाद्र ८, २०७५ १२:४६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

महिलाविरुद्धको हिंसा अन्त्य गर्ने सङ्कल्प प्रस्ताव प्रस्तुत

रासस

काठमाडौँ — प्रतिनिधिसभाको बैठकमा महिलाविरुद्धको हिंसा अन्त्य गर्न संकल्प प्रस्ताव प्रस्तुत भएको छ । सदनमा सङ्कल्प प्रस्ताव प्रस्तुत गर्न २२ जना सांसदले हस्ताक्षर गरी असार २१ गते संसद् सचिवालयमा प्रस्ताव दर्ता गराएका थिए । 

सदनको शुक्रबार बैठकमा सभामुख कृष्णबहादुर महराले प्रस्तावलाई प्रस्तुत गरेका हुन् । सङ्कल्प प्रस्तावमा नेपालको संविधानबमोजिम नेपाल पक्ष राष्ट्र भएको महिलामाथि हुने सबै प्रकारका विभेद्विरुद्धको महासन्धिलगायत अन्तर्राष्ट्रिय अभिसन्धिहरुले शारीरिक, मानसिक, यौनजन्य मनोवैज्ञानिक एवं अन्य कुनै पनि प्रकारको महिला हिंसा अन्त्य गर्न माग गरिएको छ ।

दाइजोको निहुँमा हुने कुटपिट, अन्धविश्वास, शोषणविरुद्ध जनचेतना अभियान चलाई सामाजिक न्याय र समानताको लागि विद्यालय तहका पाठ्यक्रममा नै समावेश गर्न सरकारलाई निर्देशन दिइयोस् भन्ने प्रस्तावमा उल्लेख छ ।

सांसद विन्दा पाण्डे, पुष्पा भुसाल, रेखा शर्मा, कृष्णभक्त पोखरेल, निरु पाल, मैनाकुमारी भण्डारी, पार्वतीकुमारी विशङ्खे, बिनाकुमारी श्रेष्ठ, लक्षमीकुमारी चौधरी, नवराज रावत, तुल्सी थापा, अमृता थापालगायत २२ सांसदले उक्त प्रस्ताव दर्ता गराएका हुन् ।

प्रकाशित : भाद्र ८, २०७५ १२:१८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT