किशोरी बलात्कार र हत्या प्रकरण : छानबिन समिति महेन्द्रनगरमा

भवानी भट्ट

कञ्चनपुर — कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया किशोरीको बलात्कारपछि हत्या गरिएको घटनाको प्रहरी अनुसन्धानप्रति स्थानीयले अविश्वास जनाउँदै चर्किको आन्दोलन पछि गृह मन्त्रालयले गठन गरेको छानबिन समेत महेन्द्रनगर पुगेको छ ।

किशोरी बलात्कार र हत्या प्रकरण : छानबिन समिति महेन्द्रनगरमा

गृह मन्त्रलयका सह–सचिव हरिप्रसाद मैनाली नेतृत्वको टोलीले शुक्रबार महेन्द्रनगर पुगेर छलफल सुरु गरेको हो ।

समितिले पहिलो चरणमा स्थानीय प्रशासन र प्रहरीसँग छलफल सुरु गरेको प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले जानकारी दिए । उनका अनुसार शनिबारदेखि पीडित पक्ष र अन्य सरोकारवालासँग छलफल गर्नेछ ।

समितिमा नेपाल प्रहरीका डिआइजी रामप्रसाद श्रेष्ठ, सशस्त्र प्रहरीका डिआइजी बसन्त बानियाँ, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक लक्ष्मण गुरुङ र प्रदेश ७ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उप–सचिव वीरेन्द्र केसी रहेका छन् ।


प्रकाशित : भाद्र ८, २०७५ १४:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?