३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

पहिरोको पिरलोः दिनभरी घरमा, रातभरी अन्तै

राजेन्द्र मानन्धर

काठमाडौँ — दिनभरी जहाँ भए पनि बासलाई आफ्नो घर आउनुपर्नेमा दोलखा सुन्द्रावतीका बासिन्दा भने रात परेपछि घर छाडेर अन्यत्रै बस्न जान्छन् । 

पहिरोको पिरलोः दिनभरी घरमा, रातभरी अन्तै

त्यसो गर्नु रहर हैन, पहिरोले बस्ती जोखिममा परेकापछि राति अन्यत्र शरण लिनु उनीहरुको बाध्यता हो । पुरानो पहिरोले परिचित मेहेलेको भीर झर्न थालेपछि त्यहाँका बासिन्दा अर्को बस्तीमा शरण लिन थालेका हुन् । ‘साँझ भात खाइसकेपछि सुत्न अन्तै जान थालेका छौ,’ स्थानीय गणेश थामीले भने ।


कालिञ्चोक गाउँपालिका— ९ सुन्द्रावतीस्थित मेहेलेमा बर्सेनि पहिरो जान्छ । पुर्खौपुर्खादेखि उक्त पहिरोले पिरोलिँदै आए पनि जमिन अभावले अन्यत्र सर्ने उपाय छैन । वर्षा लाग्यो की टाउकोमा तरवार झुण्डिएको जस्तो पहिरोको भयमा रहने एक सय १४ परिवारले यसवर्ष झनै दु:ख पाइरहेका छन् । राति घर छाड्नुपर्दा बालबालिका, बृद्धबृद्धा र महिलालाई सास्ती भइरहेको गाउँले बताउँछन् । त्यहाँका वडाअध्यक्ष रामप्रसाद मैनालीले जोखियमा परेका एक सय जति घरपरिवारलाई तत्काल स्थान्तरण गर्नुपर्ने बताए ।


शुक्रवार रातिको भीषण वर्षाले त्यहाँका घरहरु र चौपायहरुलाई क्षति पुर्‍याएको छ । गणेश थामीका अनुसार राति ११ बजेतिर पूर्वसूचनाको आवाज तीनपटक सुनिएपछि पहिरो आइहाल्यो । हावाहुरी, वर्षा र हुस्सुले पूर्वसूचना दिँदा पनि भाग्न सकेनन् । कतिपयले पूर्वसूचना बजेकै थाहा नपाएको गुनासो गरेका छन् ।


पहिरो आइरहने भएकाले वन मन्त्रालय अन्र्तगत जलाधार तथा भूसंरक्षण विभाग र संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनको साझेदारीमा उक्त बस्तीमा पहिरोको पूर्वसूचना प्रणाली जोडिएको थियो । शुक्रबार आएको पहिरोले उक्त उपकरणको नामोनिसानै मेटाइदिएको छ । पहिरो जानेबारे पूर्वसूचना दिने उपकरण परीक्षणको रुपमा जडान गरिएको थियो ।


सुन्द्रावती क्षेत्रको मेहेले, च्यानडाँडा, मानेडाँडा, विस्टोल, जोगीकोटे, कोठेटोलका कतिपय बासिन्दा पहिरोको त्रासले वारीका पाटा र छिमेकी बस्तीमा सर्न थालेको वडाअध्यक्ष मैनालीले जानकारी दिए ।

‘वडाभरि करिव दुई सय परिवार पहिरो र बाढीको जोखिममा फसेका छन,’ मैनालीले तत्काल बासका लागि शनिबार ६५ जानलाई ओताउने पाल वितरण गरिएको छ ।


तल्लो गाँउ र छापटोलमा सडकतिर बगेको खोला पसेर ठूले क्षेती भएको उनले बताए । बाढी र पहिरो पीडित क्षेत्रमा निरीक्षणपछि उद्दार र राहतका लागि तयारी गरिरहेको गाउँपालिका अध्यक्ष विनकुमार थामीले जानकारी दिए ।


प्रकाशित : भाद्र ९, २०७५ १५:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?