१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

कांग्रेस महासमिति बैठक दुई महिनापछि सर्‍यो

मंसिर ५ देखि ९ सम्म काठमाडौंमा हुने

काठमाडौँ — अन्तत: कांग्रेस महासमिति बैठक दुई महिनापछि सरेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको आइतबारको बैठकले महासमिति बैठक मंसिर ५ देखि ९ गते काठमाडौंमा गर्ने निर्णय लिएको हो । यसअघि वैशाख १६ को केन्द्रीय कार्यसमितिको बैठकले नै भदौ महिनाभित्र महासमिति बैठक गर्ने निर्णय गरेको थियो । 

कांग्रेस महासमिति बैठक दुई महिनापछि सर्‍यो

सभापति शेरबहादुर देउवाले महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा गठित विधान मस्यौदा समितिले दुई साताभित्र विधानको मस्यौदा सम्पन्न गर्न नसक्ने र त्यसपछि चाडपर्व सुरु हुने भएकाले मंसिरमा महासमिति बैठक गर्ने प्रस्ताव गरेका थिए । जसलाई सर्वसम्मतिले पारित गरेको कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले बताए । ‘वैचारिक द्वन्द्वबीच महासमिति बैठक मंसिरको पहिलो सातामा गर्ने निर्णय भएको छ’ उनले भने,‘जुन उद्देश्य पूरा गर्न महासमिति बैठक गर्न लागिएको हो त्यसलाई पन्छाएर आयोजना गर्नुको कुनै तुक नभएकाले मंसिरमै गर्ने निर्णय भयो ।’


तर, आन्तरिक विवादका कारण पार्टीको केन्द्रीय कार्यसम्पादन समिति र अनुशासन समिति गठन भने हुन सकेन । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले यसअघि नै सदस्य संख्याको अनुपातमा आफ्नो पक्षले पाउनु पर्ने माग गरेका कारण कार्यसम्पादन समितिमा सहमति जुट्न नसकेको हो । अनुशासन समितिको काममा निष्पक्ष र पारदर्शिता हुनुपर्ने भएकाले समितिमा बस्ने सदस्यहरु सर्वस्वीकार्य हुनुपर्नेमा पौडेल पक्षले जोड दिएको छ ।


प्रकाशित : भाद्र ९, २०७५ १७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?