कञ्चनपुर घटनाका दोषीलाई कारबाही हुन्छ : प्रधानमन्त्री

काठमाडौँ — प्रधानमन्त्री केपी ओलीले कञ्चनपुर घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन् । घटनाका विषयमा प्रधानमन्त्री ओली र नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाललाई ध्यानाकर्षण गराउन बालुवाटार पुगेका नेकपाका तर्फबाट कैलाली र कञ्चनपुरका सांसद तथा नेकपाका केन्द्रीय सदस्यहरुसँग कुरा गर्दे ओलीले उक्त धारणा राखेका हुन् । 

कञ्चनपुर घटनाका दोषीलाई कारबाही हुन्छ : प्रधानमन्त्री

उनले घटनालाई सरकारले गम्भीर रुपमा लिएकोले छानबिन समिति गठन गरेर काम अघि बढाएको प्रस्ट पारे । 'यस घटनाको आवरणमा हिंसा भड्काउने प्रयास भएका छन् । यसमा सरकार गम्भीर छ' प्रधानमन्त्री ओलीले भने, 'यस्ता व्यक्तिहरुको पहिचान गरी कारबाही गर्न र स्थितिलाई सहज बनाउन सुरक्षा निकायलाई निर्देशन दिइसकिएको छ ।' घटनामा आशंका गरिएका व्यक्तिहरुलाई अनुसन्धानको घेरामा ल्याउन र दोषी भए कडा कानुनी कारबाही गर्न प्रधानमन्त्रीको निर्देशन छ ।


प्रधानमन्त्री ओलीले आन्दोलनको बहानामा व्यक्तिगत र सार्वजनिक सम्पत्ति तोडफोड गर्नेलाई कानुनबमोजिम कारबाही गर्न सरकार प्रतिबद्ध रहेको पनि बताए । 'बालिका बलात्कार गरी हत्या गर्ने, आन्दोलनका नाममा तोडफोड गर्ने र हिंसा मच्चाउने सबैलाई कारबाही हुन्छ । यसमा सरकारले कुनै कसर बाँकी राख्दैन ।' ओलीले घटनालाई राजनीतिकरण गर्नेहरुबाट सजग हुन पनि आग्रह गरेका छन् ।


ओली र दाहाललाई भेट्न नेकपाका स्थायी समिति सदस्य भीम रावल नेतृत्वको टोली बालुवाटार पुगेको थियो ।


प्रकाशित : भाद्र ९, २०७५ १७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?