कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

कञ्चनपुरबाट फिर्ता बोलाइएका एसपी विष्ट निलम्बित 

काठमाडौँ — गृह मन्त्रालयले कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टलाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ ।

कञ्चनपुरबाट फिर्ता बोलाइएका एसपी विष्ट निलम्बित 

मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीका अनुसार गृहमन्त्री रामबहादुर थापाको निर्णयअनुसार उनलाई तत्काल निलम्बन गर्न निर्देशन दिइएको हो । कञ्चनपुरको बलत्कार घटनामा ‘विवादमा तानिएपछि’ उनलाई काठमाडौं फिर्ता बोलाइएको थियो ।


कञ्चनपुरका तत्कालीन डीएसपी ज्ञानबहादुर सेठी र कञ्चनपुर प्रहरी कार्यालयको मुद्दा शाखाका इन्स्पेक्टर एकिन्द्र खड्कालाई समेत अनुसन्धान गरी कारबाही गर्न मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई शनिबार निर्देशन दिएको छ ।


प्रकाशित : भाद्र ९, २०७५ १७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?