२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

राैतहटमा डुंगा दुर्घटना : दुईकाे शव भेट्टियाे, ५ अझै बेपत्ता

शिव पुरी

रौतहट — रौतहटको गौर नगरपालिका–४ स्थित टीकुलिया घाटमा शनिबार साँझ भएको डुङ्गा दुर्घटनामा परि बेपत्ता मध्ये दुई जनाको शव फेला परेको छ । ५ जना अझै हराइरहेका छन् ।

राैतहटमा डुंगा दुर्घटना : दुईकाे शव भेट्टियाे, ५ अझै बेपत्ता

औरैयाका ३५ वर्षीय रुनादेवी पटेल र गौर नगरपालिका–४ टीकुलियाकी शान्ती देवीको शव भारतको शिवघर जिल्ला जमुवा घाटमा फेला परेको प्रहरीले जनाएको छ ।

उक्त घटनामा २४ जना पौडिएर बाच्न सफल भएका छन् । उनीहरु स्थानीय प्रशासनको सम्पर्कमा आइसकेका छन् । खेतीबाट काम गरेर फर्किदै गर्दा पुलको पिलरमा ठाेक्किएर डुङ्गा डुबेको थियो ।

अाइतबार बिहान १० बजेसम्म हराइरहेका ५ जना बारे जानकारी नअाएकाे र खाेजी जारी रहेकाे प्रमुख जिल्ला आधिकारी गोविन्दप्रसाद रिजालले बताए । उनीहरुकाे खोजीमा भारतीय सीमा सुरक्षा बलको टोली समेत खटिएकाे छ। अहिले दुर्घटनाग्रस्त डुङ्गा बाहिर निकाल्ने प्रयास भइरहेको छ ।

प्रकाशित : भाद्र १०, २०७५ १०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?