१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

निर्मलाको परिवारलाई दश लाख, खुनालाई सहिद घोषणा 

काठमाडौँ — कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तको परिवारलाई सरकारले राहतस्वरुप १० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । त्यसैगरी उक्त घट्नाको विरोधमा प्रदर्शनमा सहभागी हुँदा प्रहरीको गोली लागी मारिएका किशोर शनि खुनालाई सहिद घोषणा गरेको छ ।

निर्मलाको परिवारलाई दश लाख, खुनालाई सहिद घोषणा 

शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो । बैठकले घटनाप्रति भर्त्सना गर्दै पन्तको परिवारलाई उक्त आर्थिक सहायता दिने निर्णय गरेको बैठकपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बताए ।

गत साउन ११ गते भगतपुरस्थित साथीको घरमा पढाइको गृहकार्य गर्न गएकी भीमदत्तनगर नगरपालिका वडा नं २ निवासी कक्षा ९ मा अध्ययनरत पन्तको शव स्थानीय उखुबारीमा भेटिएको थियो ।


खुना शहीद

निर्मलाको हत्या प्रकरणमा प्रहरीले नक्कली हत्यारा खडा गरेको भन्दै भएको प्रदर्शनमा भदौ ८ गते प्रहरीको गोलीलागि मृत्यु भएका १४ वर्षीय शनि खुनालाई शहीद घोषणा गरिएको छ । उनको परिवारालाई पनि राहतस्वरुप १० लाख रुपैयाँ दिने निर्णय गरेको छ ।


साथै उक्त घट्नामा घाइते भएकाहरुको सरकारले निःशुल्क उपचार गराउने र घाइतेमध्ये अङ्गभङ्ग भएकालाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ ।


एसएसपी विष्टलगायत छानविनमा


घटना भएको समयमा कञ्चनपुरमा कार्यरत प्रहरी उपरीक्षक डिल्लीराज विष्टलाई निलम्बन गरिएको तथा प्रहरी नायब उपरीक्षक र मुद्दा फाँटका प्रहरी निरीक्षकलाई समेत फिर्ता बोलाइ छानबिनको दायरामा लिइएको मन्त्री बाँस्कोटाले बताए ।

थप यहाँ:

किशोरीको बलात्कार पछि हत्या सम्बन्धी समाचाररु:


प्रकाशित : भाद्र १०, २०७५ १२:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?