कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

विश्वकर्मालाई फेरि तीन दिन थुनामा राख्न अनुमति

रासस/याेन्हाप

नुवाकोट — नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई अदालतले फेरि तीन दिन थुनामा राख्न अनुमति दिएको छ ।

विश्वकर्मालाई फेरि तीन दिन थुनामा राख्न अनुमति

जिल्ला अदालतले अनुसन्धानका लागि तीन दिन म्याद थप गरेको हो । विश्वकर्मालाई शुक्रबार तीन दिनको थुनामा राख्न म्याद थप गरेको हो । जिल्ला प्रहरी कार्यालयले एक हप्ता थुनामा राख्ने म्याद मागे पनि अदालतले तीन दिन मात्र म्याद दिएको छ ।


गत साउन ७ गते राति बेलकोटगढी –९ भट्टथोकमा दुई स्काभेटरमा जलाएको आरोपमा मुद्दा चलाउन नुवाकोट ल्याइएको जिल्ला प्रहरी प्रमुख एसपी वसन्तबहादुर कुँवरले जानकारी दिए । धमले–जिलिङ सडक स्तरोन्नतिको काम गर्दै आएको नागार्जुन कन्ट्रक्सनका दुई स्काभेटरमा आगो लगाइएको थियो ।


विश्कर्मालाई गत शुक्रबार बिहान काठमाडौंमा पक्राउ गरी नुवाकोट ल्याइएको थियो । अदालतमा म्याद थपका लागि लैजाने क्रममा विश्वकर्माले आफूलाई राजनीतिक प्रतिशोधका लागि पक्राउ गरिएको र नुवाकोटको स्काभेटर जलाएका विषयमा आफ्नो संलग्नता नभएको जिकिर गरे ।

प्रकाशित : भाद्र १०, २०७५ १६:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?