कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

सांसदलाई मर्यादित हुन सभामुखको निर्देशन

काठमाडौँ — सभामुख कृष्णबहादुर महराले सांसदहरूलाई मर्यादित हुन निर्देशन दिएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा राजपा सांसद अनिलकुमार झा विशेष समयमा बोलिरहँदा कांग्रेस सांसद शशांक कोइराला उनको अगाडि हुँदै बाहिरिएपछि सभामुखले सांसदहरूलाई सचेत गराएका हुन् । 

सांसदलाई मर्यादित हुन सभामुखको निर्देशन

प्रतिनिधिसभा नियमावलीको नियम २० को उपनियम (छ) मा सभामुखको आसन तथा बोलिरहेको सदस्यको बीचबाट हिँड्न र सभामुखको आसनतर्फ पिठ्यूँ फर्काएर बस्न नहुने व्यवस्था छ ।


प्रकाशित : भाद्र १०, २०७५ २०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?