विश्वकर्मालाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

रासस

काठमाडौँ — सर्वोच्च अदालतले नेत्रविक्रम चन्द निकट नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई २४ घण्टाभित्र उपस्थित गराउन सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ ।

न्यायाधीश केदारप्रसाद चालिसेको एकल इजलासले विश्वकर्मालाई २४ घण्टाभित्र उपस्थित गराई महान्यायाधिवक्ता कार्यालयमार्फत लिखित जवाफ पेश गर्न गृह मन्त्रालयलाई आदेश दिएको अदालतका सहप्रवक्ता नगेन्द्र कालाखेतीले जानकारी दिए ।

Yamaha

विश्वकर्माका भाइ वीरेन्द्रले शुक्रबार दर्ता गराएको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि आइतबार सुनुवाइ गरी आदेश दिइएको हो । यससँगै अदालतले तीन पटक सरकारका नाममा आदेश दिएको छ । आदेश दिइएपछि पक्राउ परेका विश्वकर्मालाई छाड्ने र पुनः प्रहरीले पक्राउ गर्ने गरेको छ ।

सरकारले चन्दा उठाएको र स्काभेटर जलाएको आरोपमा विश्वकर्मालाई पक्राउ गरेको थियो ।

प्रकाशित : भाद्र १०, २०७५ २०:१७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

सांसदलाई मर्यादित हुन सभामुखको निर्देशन

कान्तिपुर संवाददाता

काठमाडौँ — सभामुख कृष्णबहादुर महराले सांसदहरूलाई मर्यादित हुन निर्देशन दिएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा राजपा सांसद अनिलकुमार झा विशेष समयमा बोलिरहँदा कांग्रेस सांसद शशांक कोइराला उनको अगाडि हुँदै बाहिरिएपछि सभामुखले सांसदहरूलाई सचेत गराएका हुन् । 

प्रतिनिधिसभा नियमावलीको नियम २० को उपनियम (छ) मा सभामुखको आसन तथा बोलिरहेको सदस्यको बीचबाट हिँड्न र सभामुखको आसनतर्फ पिठ्यूँ फर्काएर बस्न नहुने व्यवस्था छ ।

प्रकाशित : भाद्र १०, २०७५ २०:१४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT