कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्थानीय तहमा कर बारे कांग्रेसले जनप्रतिनिधिलाई प्रशिक्षण दि‌ंदै

काठमाडौँ — स्थानीय तहमा अब्यवस्थित ढंगले कर उठाएको गुनासो बढेपछि प्रमुख प्रतिपक्षी कांग्रेसले आफ्नो दलबाट स्थानीय तहमा प्रतिनिधित्व गरिरहेका जनप्रतिनिधिको भेला बोलाएर प्रशिक्षण र अन्तरक्रिया आयोजना गरेको छ ।   

स्थानीय तहमा कर बारे कांग्रेसले जनप्रतिनिधिलाई प्रशिक्षण दि‌ंदै

पार्टीकाे केन्द्रिय नीति तथा प्रशिक्षण प्रतिष्ठानले सोमबार केन्द्रिय कार्यालय सानेपामा प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो ।

स्थानीय तहमा करको अवस्था बारे जानकारी लिएर रणनीति बनाउने र जनप्रतिनिधि र पार्टीको सम्बन्ध सुदृढ बनाउन कायृक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तहमा जथाभावी कर उठाएर संघीयता कम कमजोर हुने भएकाले संघीयता बलियो बनाउने खालका काम गर्न निर्देशन दिएका छन् ।

प्रकाशित : भाद्र ११, २०७५ ११:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?