१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

९ महिने बालिकाको अपहरणपछि हत्या

रवीन्द्र उप्रेती

औरही(महोत्तरी) — औरही नगरपालिकामा एक दुधे बालिकाको अपहरणपछि हत्या भएको छ । नगरपालिकाको वडा नं १ स्थित औरही बजारका किराना पसलका सञ्चालक सन्तोष चौधरीकी ९ महिने छोरी सोनालिकाको हत्या भएको हो । 

९ महिने बालिकाको अपहरणपछि हत्या

बालिकाको शव सोमबार अपरान्ह औरही नगारपालिकास्थित फेकु चौधरीको आँप बगैंचामा फेला परेको प्रहरीले जनाएको छ । घटनाको विरोधमा स्थानिय व्यापारिले विहानैदेखि औरही बजार बन्द राखेका छन् ।


उनको हत्या कसरी भयो खुल्न सकेको छैन । तर घटनस्थलबाट प्रहरीले दिएको प्रारम्भिक जानकारी अनुसार बालिकाको शरीरभरी नील डाम देखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


बालिकालाई भंगाहा सीतापुर–६ जमुनियाका २५ वर्षीय भरत साहले खेलाउने बहानामा आइतबार साँझ अपहरण गरेको पारिवारिक स्रोतले जनाएको छ । साह केही समयदेखि औरहीमा देखा पर्दै आएका थिए । स्थानियका अनुसार साहको गतिविधि संदिग्ध थियो । चौधरीको पसलमा रहेको सीसी टीभीबाट पनि साहले बालिकालाई बोकेको फुटेज फेला परेको प्रहरीले जनाएको छ ।


मृतकका बुवा सन्तोषले जनाएअनुसार राखि परेकोले उनी आइतबार मंलवास्थित बहिनीको घर गएका थिए । पसलमा पत्नी र केटाकेटी थिए । सोही मौका पारेर साह टोपी किन्ने बहानामा आफनो पसलमा पुगेको उनले जनाए ।


‘टोपी किन्ने निहु पारेर ऊ मेरो पसलमा पगेछ’ सन्तोषले भने, ‘मेरो श्रीमतीसँग टोपीको कुरा पनि गरेछ । अनि मेरो नाम लिदै सन्तोष दाईले दाम मिलाएर दिनुहुन्छ तपाई त चिन्नु पनि हुन्न भन्दै मेरो छोरीलाई काखमा बोकेछ । खेलाउदा खेलाउदै मेरी श्रमती सामान बेच्न व्यस्त भएको मौका छोपी बेपत्ता पार्‍यो । हत्या गर्ला भनेर त सोचेका पनि थिएनौँ ।’


अपहरणको जानकारी लगत्तै जिल्ला प्रहरीका डिएसपी खगेन्द्रबहादुर खड्काको कमान्डमा रातिदेखि नै खोजी सुरु भएको थियो ।


परिवार र गाउँलेले घरदेखि भारतीय सीमासम्म खोजी कार्य जारी राखेका थिए । अपरान्ह गाउँकै बगैंचामा बालिकाको शव फेला परेपछि अहिले औरही शोकमा डुबेको छ ।


घटनामा संलग्न साहबारे प्रहरीले उनको बुवा र दाजुसँगै सोधपुछ गरिरहेको जनाएको छ ।

प्रकाशित : भाद्र ११, २०७५ १४:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?