२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

कांग्रेस टोली महेन्द्रनगरमा

कञ्चनपुर — निर्मला हत्या प्रकरणको स्थलगत वस्तुस्थिति बुझ्न कांग्रेस केन्द्रीय समिति टोलील महेन्द्रनगर आएर स्थलगत अध्ययन गरेको छ । प्रहरी अनुसन्धान क्रममा निर्दोष व्यक्तिलाई दोषी देखाएपछि आन्दोलन चर्केको टोलीको दाबी छ । आन्दोलनमा राजनीति भयो भन्ने अभिव्यक्तिसँगै उत्तेजित भएको उसको ठहर गरेको छ ।

कांग्रेस टोली महेन्द्रनगरमा

‘कुनै पार्टी विशेषको अगुवाइमा आन्दोलन भएको होइन,’ प्रेस युनियन कञ्चनपुरले सोमबार गरेको पत्रकार भेटमा केन्द्रीय सदस्य एवं सांसद दिलेन्द्रप्रसाद बडुले भने, ‘कांग्रेस यसप्रकारको मानवीय संवेदनाको विषयमा राजनीति गर्दैन, राजनीतिक दोष एकअर्कालाई थोपर्नु भनेको अनुसन्धानलाइ प्रभावित पारेर ढाकछोप गर्नु हो ।’


घटनाबारे कांग्रेस खबरदारीमात्र गर्न खोजेको उल्लेख गर्दै नेता बडुले छानबिन क्रममा शंसय हुन थालेपछि शनिबारको केन्द्रीय समिति बैठकमा पहिलो एजेण्डा बनेको बताए । ‘आन्दोलन स्वस्फूर्त ढंगले भएको हो, आन्दोलनमा राजनीति भयो भन्ने अभिव्यक्तिलाई आन्दोलनरत पक्षले प्रतिवाद गरेका हुन् ।’ न्याय माग्दा राज्यपक्षले निर्ममतापूर्वक दमन गरेको आरोप उनले लगाए ।


टोलीमा संलग्न अर्का नेता वीरबहादुर बलायरले शनिबारको केन्द्रीय समिति बैठकमा घटना अनुसन्धानका लागि न्यायिक आयोग गठन गरिनु पर्ने मागबारे चर्चा हुँदा काँंग्रेस अनुसन्धानमा बाधक भयो भन्ने आरोप लाग्न सक्ने सम्भावनालाई बुझेर उच्चस्तरीय समितिको छानबिन नतिजा पर्खने निर्णय गरेको जानकारी दिए ।


न्यायिक आयोगको प्रसंग थाती राखेर कांंग्रेस यतिबेला उच्चस्तरीय आयोगको छानबिन नतिजा पर्खिबसेको बलाएरले बताए । घटनाका वास्तविक दोषी पत्ता लगाउन नसके कांँगेस सशक्त रुपमा अगाडि जाने उनको भनाइ छ ।

प्रकाशित : भाद्र ११, २०७५ २०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?