२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

शुक्रबारदेखि खसेको पहिरो रोकिएन, आज पनि  पृथ्वीराजमार्ग अवरुद्ध 

हरिहरसिंह राठौर

धादिङ — गत शुक्रबारदेखि निरन्तर गएको पहिरोले सोमबार साँझ पनि पृथ्वीराजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ । गल्छी गाउँपालिका–७ को उकालो मोडमा रातो र चिप्लो बगेपछि यातायात ठप्प भएको हो । 

शुक्रबारदेखि खसेको पहिरो रोकिएन, आज पनि  पृथ्वीराजमार्ग अवरुद्ध 

गत शुक्रबार बिहान पनि करिव ४ घण्टा सडक जाम गरेको उक्त पहिरोले शनिबार पनि दिनभर सवारी जाम गरेको थियो । निरन्तर परेको वर्षातले बगाएको पहिरोसँगै आएको रातो माटोमा सवारीसाधनहरु चिप्लिने गरेका छन् ।


राजमार्ग अवरुद्ध भएपछि निकै लामो सवारीको लाइन लागेको छ । अवरुद्ध राजमार्ग सुचारु गर्न दुवैतर्फ सवारीसाधनहरु विभिन्न स्थानहरुमा रोकेर सडक डिभिजनका २ वटा लोडर र डोजर प्रयोग गरिएको गजुरी सडक डिविजनका इन्जिनियर हरि ठकुरी बताउँछन् ।

प्रकाशित : भाद्र ११, २०७५ २१:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?