कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

कर नबढाउन राजपाको निर्देशन

काठमाडौँ — राष्ट्रिय जनता पार्टी (राजपा) ले आफ्नो पार्टीबाट निर्वाचित स्थानीय तहका प्रमुख/उपप्रमुखलाई कुनै पनि बहानामा कर नबढाउन निर्देशन दिएको छ ।

कर नबढाउन राजपाको निर्देशन

राजपाको केन्द्रीय कार्यालय अनामनगरमा सोमबार सुरु भएको स्थानीय तहका प्रमुखसँगको छलफलमा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरसहित शीर्ष नेताले सर्वसाधारणलाई समस्या हुने गरी कुनै किसिमको कर नलगाउन र नबढाउन निर्देशन दिएका हुन् ।


पार्टीले प्रमुख/उपप्रमुखलाई नयाँ कर नथप्न र पुरानै करलाई ग्राहयता दिनसमेत निर्देशन दिएको छ । छलफलक्रममा राजपाका प्रमुख र उपप्रमुखले आफूहरूले अहिलेसम्म कुनै किसिमको कर वृद्धि नगरेको जानकारी शीर्ष नेतालाई गराएका छन् ।


बैठकमा शीर्ष नेताले आफ्नो पार्टीबाट निर्वाचित प्रमुख/उपप्रमुखलाई सहिद परिवारका एक जनालाई अनिवार्य रूपमा रोजगारी दिनसमेत निर्देशन दिएका छन् । ‘पार्टीले आआफ्ना स्थानीय तहमा सहिद परिवार भए उनीहरूको परिवारका एक/एक जनालाई अनिवार्य रोजगारी दिन निर्देशन दिएको छ,’ छलफलमा सहभागी एक नेताले कान्तिपुरसँग भने ।

प्रकाशित : भाद्र ११, २०७५ २१:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?