बिमस्टेक सम्मेलनबारे संसदमा प्रधानमन्त्रीको सम्बोधनः गरिबी निवारणको लागि उपयोगी हुने विश्वास

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालको खाडीका देशहरूको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनबारे संसदमा जानकारी गराएका छन् । मंगलबार दिउँसो बसेको संसद बैठकलाई उनले बिमस्टेक सम्मेलन किन आयोजना गरियो र यसमा के के हुँदै छ भनेर सांसदलाई जानकारी गराएका छन् । 

तस्बिरः कविन अधिकारी

उनले ‘शान्त, समृद्धि र दिगोपनतर्फ उन्मुन बंगालको खाडी’भन्ने नारा तय गरेको जानकारी दिँदै सम्मेलनले यस क्षेत्रका देशहरुबीच आर्थिक एकीकरण, कनेक्टीभिटी (रेल, यातायात, ऊर्जा र हवाई) र बुद्धिष्ट सर्किटको पहुँच विस्तार गर्ने लक्ष्य राखेको बताए ।

Yamaha


उनले बिमस्टेकको हरेक २/२ वर्षमा सम्मेलन हुनुपर्ने भएपनि यो हुन नसकेको जानकारी दिँदै भने, 'बिमस्टेक स्थापना २० वर्ष अघि भएको भएपनि बल्ल हामी चौथो सम्मेलन गर्दै छौं । नेपाल र अन्य देशका विभिन्न कारणले समयमै हुन सकेन ।'

प्रधानमन्त्री ओलीले बिमस्टेकको १४ वटा प्राथमिकता रहेको भएपनि यसपटक ब्लु इकोनोमी र माउन्टेन इकोनोमी थपेर १६ वटा प्राथमिकताको क्षेत्र तोकिएको बताए ।

उनले भने, 'यस बिमस्टेक संगठनलाई औपचारिकता दिने भन्दा पनि यसलाई वास्तवमा क्षेत्रीय विकास र विस्तारका लागि उपयोगी बनाउन प्रयोग गर्नुपर्छ ।' उनले नेपालले लिएकोगरिबी निवारणको नेतृत्व उपयोगी हुने विश्वास लिएको बताए ।

उनले व्यापार, कनेक्टिभीटी, वातावरणको विषय र सामूहिक अपराधको विरुद्ध अभियानका विषयमा छलफल हुने जानकारी दिए । उनले यही सम्मेलनमा बिमस्टेकको बडापत्र पनि बनाइने संसदमा जानकारी गराए ।

यस्तै उनले नेपाल भारतबीच दुईपक्षीय समझदारी हुने पनि जानकारी गराए । अन्य राष्ट्रहरुबीच पनि भेटघाट र पारस्परिक सम्बन्ध सुदृढ गर्ने पनि उनको भनाइ थियो ।

उनले बिमस्टेक राष्ट्रका सरकार प्रमुख तथा राष्ट्रपतिले नेपालकी राष्ट्रपति विद्या भण्डारीसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको जानकारी गराए ।

उनले गरिबी निवारणको विषयमा सदस्य राष्ट्रहहरुसँग सहकार्य र साझेदारी गर्ने कुरामा सम्मेलन उपयोगी हुनेछ भन्ने सरकारले आशा लिएको बताए ।

प्रधानमन्त्रीले सम्बोधनकै क्रममा आफ्नो सरकारले ६ महिनामा गरेका कामको प्रगति सुनाए भने उनले आफ्नो सरकारप्रति बढी नै नकारात्मक कुराहरु भएको भन्दै असन्तुष्ट समेत व्यक्त गरे ।

उनले भदौ १ गतेदेखि लागू भएको मुलुकी देवानी अपराध संहिता पनि संशोधन गर्न तयार रहेको बताए ।

उनले आफ्नो सरकारले उक्त संहिता निर्माण गरेको नभए एक वर्ष अघि नै प्रमाणीकरण भएको भन्दै अहिलेको सरकारलाई गाली गर्नु औचित्य नभएको बताए ।

प्रकाशित : भाद्र १२, २०७५ १४:१२
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

फरक चिकित्सा पद्दतिको समायोजन किन नगर्ने ?

डा. ललित कुमार मिश्र

काठमाडौँ — क्लिनिकमा आउने धेरै जसो बिरामीले सोध्ने गर्दछन् । डाक्टर साब, होमियोप्याथिक औषधिको सेवन गर्दा एलोप्याथी औषधि खान मिल्छ कि मिल्दैन? होमियोप्याथिक र एलोप्याथिक औषधिलाई एकसाथ लिन सकिन्छ?  एकसाथ लिनले कुनै प्रकारको हानि त हुदैन? 

बिलकुले नोक्सान/हानि हुँदैन, यदि यसलाई समायोजन गर्न सक्यो भने यसबाट बिरामीलाई धेरै लाभ हुन सक्छ । चिकित्सा जगतमा होमियोप्याथी र एलोप्याथी यि दुवै जुम्ल्याहा दिदी बहिनी जस्तै हुन् । रोगीको उपचारका यि दुई भिन्न–भिन्ने चिकित्सा पद्दति हुन् । बास्तवमा भन्ने हो भने यि दुबै एक अर्काका पुरक हुन् । एक अर्काको बिरोधी या प्रतिस्पर्धी होईनन् । केहि रोगहरुको उपचार एलोप्याथीमा प्रभावकारी हुन्छ भने केहि रोगको ऊपचार होमियोप्याथीबाट राम्रोढँगले गर्न सकिन्छ ।

सर्वश्रेष्ठ चिकित्सक त्यो हो, जसले रोगीलाई उपयुक्त सल्लाह दिन सकोस् । होमियोप्याथी र एलोप्याथी औषधीको प्रयोग एउटा यस्तो संयोजनको रुपमा गर्नुपर्ने हुन्छ । जसबाट सर्वश्रेष्ठ नतिजा आर्जित गर्न सकियोस् । जस्तै, कुनै बिरामी उच्च रक्तचापको समस्या लिएर अस्पताल पुग्छ, जाँचपछि रक्तचाप हुनुको निश्चित कारण पत्ता लाग्दैन । शुरुमा बिरामीलाई आफ्नो खानपिन र जीवन शैलीमा सुधार गर्न सल्लाह दिईन्छ । तथापि उसको रक्तचाप बढ्ने क्रम जारी रहन्छ । अन्ततगत्व बिरामीमा अत्यधिक रक्तचाप देखिन्छ । पुन: अस्पताल पुग्छ र जाँचपछि उसलाई औषधि दिईन्छ । पछिला दिनहरुमा औषधिको डोजपनि बढाउँदै लगिन्छ । यसरी नियमितरुपमा औषधिको सेवन गर्दा पनि बिरामिको प्रेसर कुनै बेला घटबढ हुन थाल्छ । यस पछि बिरामी हतास हुनथाल्छ ।

औषधि खाईरहनुको विकल्प पनि उसले देख्दैन । किनभने उपचार गर्ने ठाउँ भनेको अस्पताल हो । जहाँ उ आईरहेको हुन्छ तर पनि रोग नियन्त्रण हुन सक्दैन । बिरामीले आफ्नो रोगको उपचारबारे जानकारी पाउने अधिकार राख्छ कि राख्दैन भन्ने कुरा देखाउनका लागि यो उदाहरण प्रस्तुत गरिएको हो । एलोप्याथी चिकित्साबाट रोग निको हुन्छ भन्दैमा सधै भरी औषधि खानु पर्ने अवस्था सिर्जना किन भईरहेको छ? कुनैपनी रोगको प्रभावकारी उपचार कुन पद्धतिबाट हुन्छ त्यहि पद्दतिबाट उपचार गराउन पाउने अधिकारबाट बिरामीलाई किन बन्चित गराईन्छ ?

रोगको प्रभावकारी उपचार पाउनको लागि बिरामीले शहरका गल्ली-गल्लीमा किन भौतारिंदै हिड्नु पर्छ । कल्पना गरौं, जिल्ला अस्पतालमा एलोप्याथिक, आयुर्वेदिक, होमियोप्याथिक, नेचुरोप्याथीलगायतका सरकारी मान्यता प्राप्त चिकित्सा पद्धतिहरु पनि उपलब्ध हुन सक्यो भने बिरामीले उपचारको विकल्पहरु पाउथे । यस्तो भयो भने रोग निर्मुल पार्न सकिन्न भनेकै आधारमा कुनैपनि बिरामीले हतास वा निराश हुनुपर्ने अवस्था रहँदैन । उसले अर्को पद्धतिको चिकित्सक कहाँ गएर आफ्नो रोग बारे छलफल गर्ने मौका पाउछ । सबै जसो अबस्थामा एउटामा नभए अर्को पद्धतिमा निश्चित पनि उपचार संभव हुन्छ । कुनै निश्चित प्रकारको रोगबाहेक अरु सबै प्रकारको रोगमा एउटा पद्धतिले गर्न नसकेको उपचार अर्को पद्धतिले गरेको प्रशस्तै ऊदाहरणहरु छन् ।

यसैले बिश्वका विभिन्न मुलुकहरुमा प्रचलित सबै चिकित्सा पद्दतिहरुलाई एकीकृत रुपमा अगाडि लैजाने र एलोप्याथी चिकित्सालाई मुलधारको चिकित्सा पद्धति मान्दै अन्यलाई पुरक चिकित्सा पद्दतिको रुपमा लिने क्रम बढदो छ । प्रकृतिमा बिभिन्न रोग छन् भने तिनको उपचार पनि पक्कै छन् । केवल रोगको सहि उपचार के हो भन्ने कुरा मात्र थाहा पाउन आवश्यक छ । सबै उपचार पद्धतिमा गुण र दोष छन् तर कुनै निश्चित पद्धतिको गुण र दोषलाई आम रुपमा बिरामी माथि थोपर्न खोजिन्छ भने त्यो अन्याय हो । कुरा नीति निर्माणको हो । सरकारको उदेश्य जनतालाई रोगमुक्त बनाउनु हो । सकेसम्म रोग लाग्नै नदिनु, रोग लागिहालेको अवस्थामा पनि उक्तरोगको सहि उपचार हुने व्यबस्था सिर्जना गर्नु सरकारको दायित्व हो ।

यस पथमा सरकारको नीति निर्माण तह चुकेको देखिन्छ । स्वस्थ्य जीवनयापनसँग गाँसिएका सम्पूर्ण अंगलाई एकीकृत रुपमा अघि बढाउन सक्ने हो भने सरकारको स्रोत साधनको लागतमा नियन्त्रण हुने र सम्पुर्ण नागरिकलाई स्वास्थ्य सेवा दिने अवधारणा पनि प्रभावकारी बन्न सक्ने छ । यसका निमित्त स्वास्थ्य मन्त्रालयबाट नै कार्य थालनी गर्नु पर्दछ । सबै अस्पताल तथा स्वास्थ्य केन्द्रहरुमा सबै पद्धतिको पहुच बढाउन सकेमा बिभिन्न शिर्षकमा हुने खर्चमा कमी ल्याउन र जनताको स्वास्थ्य सम्बन्धि अधिकारलाई सहि रुपमा सम्बोधन गर्न सक्ने वातावरण सिर्जना गर्न सकिन्छ ।

क्यान्सर, एचआईभी, मधुमेह, एलर्जी, मुटरोग, मनोबैज्ञानिक रोग, निम्न प्रतिरोधात्मक क्षमता (अटोईमिनो डिजिज्) ईत्यादि । यस्ता अनेक जटिल एवं असाध्य रोगहरु छन् । जसको सटिक उपचार कुनै एक चिकित्सा पद्दतिबाट संभव छैन । उदाहरणको लागि क्यान्सरको उपचार सर्जरी र केमोथिरापिबाट गर्न सकिन्छ । तर यस पद्धतिबाट उपचार पुर्णरुपले संभव छैन । क्यान्सरबाट हुने दर्दको लागि अतिरिक्त थेरापीको आवश्यकता पर्न सक्छ । जस्तै, होमियोप्याथी । ठिक यसै प्रकार दम जस्तो एलर्जीक स्थितिलाई कोर्टिसोन अथवा ब्राकोंडिलेटर्स, ईनहेलेशनलाई पनि नियन्त्रित गर्न सकिन्छ । जबकि यसको बारम्बार हुने अटेकलाई होमियोप्याथिक औषधिको प्रयोगले कम गर्न सकिन्छ ।

ठिक यस्तै किसिमले सोरियासिस एवं एक्जिमा जस्तो भयानक रोगमा एलोप्याथिकले प्रभावकारी रुपले काम गर्दछ । तर, लामो समयसम्म यस रोगको पुनरावृत्तिलाई होमयोप्याथीद्वारा नियन्त्रित गर्न सकिन्छ । बास्तवमा यसका कयौं अध्य्यनले यसको प्रमाण प्रस्तुत गर्दछन् कि केहि जटिल किसिमको रोगहरुको उपचारमा दुबै प्रकारको औषधिहरुको प्रयोग गरिएको छ । सेन्ट्रल काउन्सिल फर रिसर्च ईन होमियोप्याथी (सी.सी.आर.एच) नयाँ दिल्ली, भारतले गरेको टि.बि.को उपचारको लागि सञ्चालित एउटा रोचक अध्ययनले यो दर्शाउँछ की एम.डि.आर (मल्टिड्रग रेजिस्टेन्ट ट्युबरक्लोसिस) जस्तो कठिन रोगको उपचारमा त्यसबेला राम्रो नतिजा प्राप्त भयो । जव होमियोप्याथी औषधिहरुलाई परम्परागत एलोप्याथिक औषधिको संयोजनका साथ दिईयो, सि.सि.आर.एच नयाँ दिल्लीका निर्देशक डा. आर.के. मनचन्दाका अनुसार राम्रो परिणाम प्राप्त भयो ।

मल्टि ड्रग रेजिस्टेन्ट टियुबरकुलोसिसका १२० जना बिरामीहरुको उपचार गरियो । जस मध्ये केहि रोगिलाई टि.बि.को परम्परागत औषधिले उपचार गरियो भने अर्को समुहलाई एलोप्याथिक औषधिको साथै होमियोप्याथिक औषधिको पनि सहयोग लिईयो । यसमा के देखियो भने जस-जसले होमियोप्याथीक औषधिहरुको पनि सेवन गरे उनीहरुलाई एलोप्याथिक औषधिकोमात्र सेबन गरेकाहरुमा भन्दा राम्रो परिणाम आयो । यो होमियोप्याथिक र एलोप्याथीबीचको समन्वयको एक सान्दार उदाहरण हो । दम, माईग्रेन, रिमोटायड अर्थराईटिस, एकंलोजिंग स्पोन्डालाइटिस्, न्युरेलजिया, अस्टियोअर्थराईटिस्, डायबेटिक न्युरोयकतापैथी, एगंजाईटी न्युरोसिस, एक्जिमा, टान्सिलाईटिस ईत्यादी पुनरावृतिजनक एवं असाध्यरोग छन् । यसका लागि दुबै चिकित्सा पद्धतिको समायोजनको आवश्यकता पर्दछ । केहि ब्यक्तिहरु र यहाँसम्म कि दुबै चिकित्सा पद्धतिका चिकित्सकहरु यो मान्दछन् कि विभिन्न पद्धतिहरुको औषधिहरुको समायोजन संभव छैन । यो एउटा भ्रम मात्र हो । उदाहरणको लागि हाम्रो मित्र राष्ट्र भारतमा भएको अस्पताल सर गंगाराम तथा अन्य प्राईभेट अस्पतालहरुमा पनि छुटै होमियोप्याथिकको युनिट सञ्चालनमा छन् । यस्तै नेपाल सरकारले पनि यसप्रति चासो दिंदै नयाँ नियम कानुन ल्याउने हो कि ?

अस्तु ।

Mishradr.lk@gmail.com

प्रकाशित : भाद्र १२, २०७५ १३:५३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT