१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

म्यानमारका राष्ट्रपति काठमाडौंमा

तस्बिर : अंगद ढकाल

काठमाडौँ — म्यानमारका राष्ट्रपति विन मिन्ट काठमाडौं आइपुगेका छन् । राष्ट्रपति मिन्ट बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) सम्मेलनमा भाग लिनका लागि मंगलबार अपराह्न काठमाडौं आइपुगेका हुन् । उनलाई स्वागत गर्न उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल विमानस्थल पुगेका थिए ।

म्यानमारका राष्ट्रपति काठमाडौंमा

उनी सम्मेलन सुरु हुनु दुई दिनअगावै यहाँ आएका हुन् । बिमस्टेक सम्मेलन बिहीबार सुरु हुँदैछ । सम्मेलनमा बंगलादेश, भारत, श्रीलंका, थाइल्यान्ड, म्यानमार, भुटानलगायतका राष्ट्रप्रमुखहरुले भाग लिनेछन् ।


म्यानमारका राष्ट्रपति मिन्टले १४ गते राष्ट्रपति विद्या भण्डारीसँग भेटवार्ता गर्नेछन् भने १६ गते लुम्बिनी भ्रमणमा जाने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।


सन् १९९७ मा स्थापना भएको बिमस्टेकको चार वर्षअघिबाट नेपाल अध्यक्ष राष्ट्र हो । बिमस्टेकको पहिलो सम्मेलन थाइल्यान्डमा सन् २००४ मा भएको थियो । दोस्रो भारतमा सन् २००८ मा भएको थियो । तेस्रो शिखर सम्मेलन ६ वर्षपछि सन् २०१४ मा म्यानमारमा भएको थियो । त्यसपछिको अध्यक्ष नेपाल हो । कार्यतालिकाअनुसार नेपालमा चौथो सम्मेलन नेपालले गर्न लागेको हो ।

प्रकाशित : भाद्र १२, २०७५ १५:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?