कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हरेक कार्यालयका कुर्सीमा राखिने तौलिया हटाउन पत्राचार

काठमाडौँ — प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयले हरेक कार्यालयका कुर्सीमा राखिने तौलिया हटाउन सबै मन्त्रालय र मातहतका निकायहरुलाई पत्राचार गरेको छ ।

हरेक कार्यालयका कुर्सीमा राखिने तौलिया हटाउन पत्राचार

मन्त्रालय, विभाग, संस्थान, समितिलगायतका निकायका प्रमुख, उपप्रमुखलगायतका कर्मचारी बस्ने कुर्सीको पछाडिपट्टि तौलिया राख्ने गरिएको छ । यसको प्रयोगसमेत हुने गरेको देखिन्न ।


प्रधानमन्त्री कार्यालयअन्तर्गत् रहेको हेल्लो सरकारमा सर्वसाधारणको गुनासोपछि, ‘अनावश्यक रुपमा राखिने तौलिया हटाउन’ मन्त्रिपरिषद् कार्यालयले पत्राचार गरेको हो । लाखौं रुपैयाँका कुर्सीमा तौलिया झुण्ड्याउनुको कुनै औचित्य नभएको र त्यसले कार्यालयको शोभा नबढाउने भएकाले हटाउन भनिएको हो ।


प्रधानमन्त्री कार्यालयको पत्राचारपछि मन्त्रालयहरुले मातहतका कार्यालयहरुलाई कुर्सीबाट तौलिया हटाउन र मन्त्रालय/कार्यालयका कोरिडर सफा राख्न निर्देशन दिएको छ । हात, मुख पुछ्ने प्रयोजनका लागि तौलिया प्रयोग हुने भएकाले बाथरुप वा शौचालयमा राख्न सुझाइएको छ ।


प्रकाशित : भाद्र १२, २०७५ १७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?