कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

नेकपाकी नेतृ पक्राउ

जनकराज सापकोटा

काठमाडौँ — प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको नेता उमा भुजेललाई बालाजुबाट पक्राउ गरेको छ । 

नेकपाकी नेतृ पक्राउ

जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको टोलीले भुजेललाई पक्राउ गरेको हो । प्रहरी स्रोतका अनुसार अहिले भुजेललाई काभ्रे लगिँदै छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी रविराज खड्काका अनुसार गत वैशाखमा क्रसर उद्योगी कुन्साङ लामाको ट्रिपर र जेनेरेटर जलाएको घटनामा संग्लनता देखिएकाले पक्राउ गरिएको हो ।


प्रहरीले यसअघि पनि सोही मुद्दामा सोही पार्टीका नेता खड्गबहादुर विश्वकर्मालाई पनि पक्राउ गरेको थियो । जिप्रका काभ्रेका अनुसार यही घटनामा संग्लन नेकपाका एक दर्जन भन्दा धेरै नेताको संग्लनता देखिएको छ । प्रहरीले घटनामा संग्लन अन्य नेताको पनि खोजी तीव्र पारेको छ ।

प्रकाशित : भाद्र १२, २०७५ १८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?