१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

६१ हजार ६ सय ३० अमेरिकी डलरसहित दुई पक्राउ

जनकराज सापकोटा

काठमाडौँ — प्रहरी परिसर काठमाडौंले स्रोत नखुलेको ६१ हजार ६ सय ३० अमेरिकी डलरसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले लैनचौरको खानी विभाग नजिकबाट अमर विश्वकर्मा र धनबहादुर खड्कालाई मंगलबार पक्राउ गरेको हो ।

६१ हजार ६ सय ३० अमेरिकी डलरसहित दुई पक्राउ

प्रहरी परिसर काठमाडौंका एसपी बसन्त लामाले उनीहरु पक्राउ परेको पुष्टि गरे । उनले भने, ‘भर्खर पैसा गनेर सकियो । अब थप अनुसन्धान सुरु गर्नेछौं ।’ प्रहरी स्रोतका अनुसार उनीहरुको सम्बन्ध हुण्डी कारोबारीसँग हुनसक्ने अड्कल काटेको छ ।

प्रकाशित : भाद्र १२, २०७५ १९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?