राष्ट्रियसभाको समिति सभापतिमा सहमति, तीन वटामा नेकपा र एउटामा कांग्रेस 

रासस/याेन्हाप

काठमाडौँ — राष्ट्रियसभाका चारवटा विषयगत समितिको सभापति भागबण्डामा सत्तारुढ दल नेकपा र कांग्रेसबीच सहमति भएको छ । सहमतिअनुसार नेकपाले तीनवटा र कांग्रेसले एउटा समितिको सभापति लिने छन् ।

प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच मंगलबार भएको छलफलपछि नेकपाले एउटा समितिको नेतृत्व कांग्रेसलाई छाडेको हो। राष्ट्रियसभामा नेकपाका सचेतक खिमलाल भट्टराईले शीर्ष नेताबीच सहमतिपछि दिगो विकास तथा सुशासन समितिको नेतृत्व कांग्रेसलाई दिने निर्णय भएको जानकारी दिए। समिति सभापति चयनका लागि मंगलबार मनोनयनको समय तोकिएको थियो।

Yamaha

नेकपाले पाएको तीनवटा समितिका लागि एक–एक जनाको उम्मेदवारी परेको छ। नेकपाले विधायन व्यवस्थापन समितिमा परशुराम मेघी गुरुङ, राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिलकुमारी रावल थापा (पार्वती) र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा रामनारायण बिडारीलाई सभापति उम्मेदवार बनाएको छ। कांग्रेसले भने आफूले नेतृत्व पाएको समितिको सभापतिमा मंगलबार उम्मेदवारी दिएको छैन।

राष्ट्रियसभाका सचिव राजेन्द्र फुँयालका अनुसार एक/एकजनाको मात्रै उम्मेदवारी परेकाले नियमावलीअनुसार तीनवटा समितिको बैठकले आवश्यक प्रक्रिया पुर्‍याएर सभापति निर्विरोध निर्वाचित भएको घोषणा गर्नेछन्। बुधबार समितिहरूको बैठक बोलाइएको छ। कांग्रेसले अन्य समितिमा रहेका सदस्यलाई दिगो विकासको सभापति बनाउने तयारी गरेकाले उम्मेदवारी दिन सकेन। कांग्रेस सचेतक सरिता प्रसाईंले प्राविधिक कारणले उम्मेदवारी दिन नसकिएको बताइन्।

कांग्रेसले राष्ट्रिय सरोकार तथा समन्वय समितिका सदस्य तारादेवी भट्टलाई समितिको नेतृत्व दिने तयारी गरेको छ। त्यसका लागि उनको नाम दिगो विकास समितिमा सार्नुपर्ने छ। भदौ १९ गते बस्ने राष्ट्रियसभा बैठकबाट भट्टको नाम सारिएपछि मात्रै दिगो विकास समितिको नेतृत्व चयन हुनेछ।

लेखा समितिमा शाहको प्रस्ताव
कांग्रेसले संसदको लेखा समिति सभापतिमा सांसद भरत शाहलाई प्रस्ताव गर्ने भएको छ। सभापति शेरबहादुर देउवाले समिति सभापतिमा पार्टीका तर्फबाट शाहको नाम प्रस्ताव गर्ने निर्णय गरेका हुन्। उनले त्यसबारे संसदीय दलका सचेतक बालकृष्ण खाँणलाई जानकारी गराएको स्रोतले बतायो।

शाह २०५८ मा शेरबहादुर देउवा नेतृत्वको सरकारमा अर्थ राज्यमन्त्री थिए। पछिल्लो निर्वाचनमा उनी सबैभन्दा बढी मतान्तरसहित रूपन्देहीबाट निर्वाचित भएका थिए। यसअघि ०५६ र ०७० मा पनि रूपन्देही–५ बाटै विजयी भएका थिएलेखा समिति प्रमुख प्रतिपक्षलाई दिने प्रचलनअनुसार कांग्रेसको भागमा परेको हो।

प्रतिनिधिसभाअन्तर्गत दस विषयगत समितिको भागबन्डा भने अझै मिलिसकेको छैन। सबै समितिको सभापति निर्वाचन भदौ १७ गते हुँदै छ। सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीले प्रमुख प्रतिपक्षका लागि लेखा समिति मात्रै दिने मनस्थिति बनाएको छ। तर, कांग्रेसले समानुपातिकतर्फ प्राप्त मतको अनुपातका आधारमा लेखा समितिसहित चार समितिको सभापति दाबी गरिरहेको छ।

प्रकाशित : भाद्र १२, २०७५ १९:४३
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

६१ हजार ६ सय ३० अमेरिकी डलरसहित दुई पक्राउ

जनकराज सापकोटा

काठमाडौँ — प्रहरी परिसर काठमाडौंले स्रोत नखुलेको ६१ हजार ६ सय ३० अमेरिकी डलरसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले लैनचौरको खानी विभाग नजिकबाट अमर विश्वकर्मा र धनबहादुर खड्कालाई मंगलबार पक्राउ गरेको हो ।

प्रहरी परिसर काठमाडौंका एसपी बसन्त लामाले उनीहरु पक्राउ परेको पुष्टि गरे । उनले भने, ‘भर्खर पैसा गनेर सकियो । अब थप अनुसन्धान सुरु गर्नेछौं ।’ प्रहरी स्रोतका अनुसार उनीहरुको सम्बन्ध हुण्डी कारोबारीसँग हुनसक्ने अड्कल काटेको छ ।

प्रकाशित : भाद्र १२, २०७५ १९:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT