कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ऐन संशोधन प्रक्रिया अघि नबढाए भदौ १६ देखि देशव्यापी आन्दोलन : चिकित्सक संघ

अतुल मिश्र

काठमाडौँ — सरकारले चिकित्सकसँग सम्बन्धित ऐन संशोधनको प्रक्रिया अगाडि नबढाए भदौ १६ गतेदेखि देशैभरी सञ्चालन गर्ने नेपाल चिकित्सक संघले निर्णय गरेको छ । संघले हालकै अवस्थामा स्वास्थ्य सेवा सञ्चालन गर्न नसक्ने ठहर गर्दै उक्त निर्णय गरेको हो ।

ऐन संशोधन प्रक्रिया अघि नबढाए भदौ १६ देखि देशव्यापी आन्दोलन : चिकित्सक संघ

सरकारले भदौ १ गतेदेखि लागू गरेको मुलुकी ऐन, मुलुकी अपराध (संहिता) ऐन २०७४ र मुलुकी फौजदारी कार्यविधि ऐन २०७४ मा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई 'अपराधीको शैली'मा व्यवहार गर्नेतर्फ लक्षित भएको आरोप चिकित्सक संघका अध्यक्ष डा.मुक्तिराम श्रेष्ठ लगाउँछन् ।


कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले साउन ३१ गते विज्ञप्तिमार्फत उक्त विवादित दफा तथा उपदफाहरुमा आवश्यकताअनुसार संशोधन गर्ने प्रतिबद्धता गरेकोले भदौ १५ गतेसम्मलाई आन्दोलन स्थगन गरेको समेत डा.श्रेष्ठले उल्लेख गरे ।


प्रकाशित : भाद्र १२, २०७५ २१:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?