कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

गाडी दुरुपयोग रोक्ने निर्णय

काठमाडौँ — राष्ट्रपति चुरे तराई–मधेस संरक्षण विकास समितिले आफ्ना गाडी र इन्धन दुरुपयोग रोक्ने निर्णय गरेको छ । पदाधिकारीले निजी काममा सवारी साधन (स्कर्पियो) र इन्धन महिनौंदेखि दुरुपयोग गरिरहेको आवाज उठेपछि समितिले त्यस्तो निर्णय गरेको हो । 

गाडी दुरुपयोग रोक्ने निर्णय

समितिका सदस्यसचिव प्रेमनारायण कँडेलले चुरेका गाडी निजी काममा प्रयोग नगर्ने निर्णय गरिएको जानकारी दिए । ‘प्रधानमन्त्री कार्यालयबाट खर्च कटौती निर्देशिका पनि प्राप्त भएकाले अनावश्यक रूपमा सवारी र इन्धन प्रयोग नगर्ने औपचारिक निर्णय गरिएको छ,’ उनले भने ।


समितिका कर्मचारीले निजी काममा गाडी र इन्धन दुरुपयोग भइरहेको भन्दै तत्काल छानबिन गर्न वन मन्त्रालयको लिखित ध्यानाकर्षण गराएका छन् ।


प्रकाशित : भाद्र १२, २०७५ २१:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?